अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

नेतृत्व क्षमतामा चीनले अमेरिकालाई उछिन्यो

बिआरटीनेपाल २०७५ चैत २ गते ८:०७ मा प्रकाशित

चीनको नेतृत्व क्षमता अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययनले देखाएको छ। हालै सार्वजनिक भएको ‘ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९’ नामक रिपोर्टले चीनको मिडियन एप्रोभल रेटिङ ३४ प्रतिशत पुगेको जनाएको हो। रिपोर्ट अनुसार चीनलाई नेतृत्व गर्ने सम्बन्धमा विश्वका ३४ प्रतिशत नागरिकले समर्थन गरेको देखिन्छ भने त्यो समर्थन अमेरिको ३१ प्रतिशत मात्र रहेको छ। उक्त रिपोर्टले चिनियाँ नेतृत्व क्षमताको मिडियन एप्रोभल रेटिङ ३४ प्रतिशत, रुसको ३० प्रतिशत, जर्मनी सबैभन्दा अगाडि ३९ प्रतिशत र अमेरिकाको ३१ प्रतिशत रहेको देखाएको छ।

यी ४ वटा मुलुक मध्ये विश्वमा नेतृत्वदायि भूमिका कसले निभाउन सक्छ भनेर १३३ वटा मुलुकमा सर्भेक्षण गरिएको थियो। उक्त सर्भेक्षण नतिजा हरेक मुलुकबाट एक हजार नागरिकसँग गरिएको प्रश्नोत्तर र अन्तर्वार्तामा आधारित रहेको ग्यालपले जनाएको छ। सन् २०१७ मा अमेरिका र चीन बराबरी स्थानमा थियो भने पछिल्लो तथ्याङ्कमा चीनले अमेरिकालाई उछिनेको छ। सन् २०१६ मा बराक ओबामाको नेतृत्वकालमा अमेरिकाको रेटिङ ४८ प्रतिशत थियो। तथ्याङ्क अनुसार, चीनले अमेरिकालाई यो समेत दोस्रो पटक उछिनेको हो।

चीनको महत्वकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ्स’ले विश्वलाई प्रभाव पार्दै आएको छ। हाल यस नवीन रेशम मार्गमा १२३ मुलुक तथा २९ अन्तर्राष्ट्रिय सङ्गठन आjद्ध भइसकेका छन्। आउने दिनमा योभन्दा धेरै मुलुकहरू यसमा आवद्ध हुने सम्भावना बलियो छ।चीनमा गरिबी निवारण लागू भएको ६ वर्षयता, गरिबीको रेखामुनी रहेको जनसंख्या सन् २०१२ को ९ करोड ८९ लाख ९० हजारबाट सन् २०१८ सम्म १ करोड ६६ लाखमा झारेको छ, यो पनि चीनले विश्व मानचित्रमा आफूलाई सक्षम रहेको देखाउने प्रमाण बनेको छ।

बितेका केही वर्षदेखि चीनले ‘सिर्जनात्मक, समन्वयात्मक, हरित, खुला तथा संयुक्त रुपमा उपभोगयुक्त’ विकासको अवधारणालाई अपनाएर अगाडि बढिरहेको छ। चीनले गत वर्ष १ करोड ३६ लाख १० हजार नागरिकका लागि नयाँ रोजगारी सिर्जना समेत गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू