अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

“पागल अल्पसंख्यक’लाई हराएरै छाड्छु”– राष्ट्रपति मदुरो

बिआरटीनेपाल २०७५ फागुन २२ गते ९:०९ मा प्रकाशित

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफूलाई सत्ताबाट हटाउने प्रयासमा लागेका ‘पागल अल्पसंख्यक’ लाई हराएरै छोड्ने चेतावनी दिनुभएको छ । विपक्षी नेता हुँवा गुइदोलाई चुनौति दिँदै राष्ट्रपति मदुरोले शनिबारका लागि ‘साम्राज्यवादी विरोधी मार्च’ आह्वानसमेत गर्नुभएको छ । आफ्ना राजनीतिक गुरु ह्युगो चावेजको निधन भएको छैटौं वर्षगाँठ पुगेको दिनमा भएको कार्यक्रममा राष्ट्रपति मदुरोले पालग अल्पसंख्यकले उनीहरुको घृणा तथा द्वेषको यात्रा कायम राखेको भन्दै त्यो उनीहरुकै समस्या भएको बताउनुभयो ।

राष्ट्रपति मदुरोले त्यतातिर आफूहरुले ध्यान नदिने उल्लेख गर्दै सेनाका अधिकारीसहित उपस्थित कार्यक्रममा मदुरोले विपक्षीको बाटो जसरी भए पनि रोक्ने प्रतिबद्धता जनाउनुभयो । चावेज र देशको समृद्ध इतिहासका लागि विपक्षीलाई हराउनु पर्ने उहाँको भनाइ थियो ।

अदालतको आदेशको अवज्ञा गर्दै विपक्षी नेता हुँवा गुइदो दक्षिण अमेरिकी देशको भ्रमण गरेर फर्किएपछि राष्ट्रपति मदुरोले आक्रोसपूर्ण भनाइ सार्वजनिक भएको हो । सर्वोच्च अदालतले लगाएको भ्रमण प्रतिबन्ध उल्लंघन गर्दै समर्थन बलियो बनाउनका लागि छिमेकी देश गएका गुइदो सोमबार काराकास फर्किएका थिए । भेनेजुएलामा हजारौं मानिसले अहिलेका राष्ट्रपति निकोलस मदुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षीय गुइदोले मदुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू