अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

आहा रारा गोल्डकप– एपिएफ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:३६ मा प्रकाशित

सशस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपिएफ सेमीफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत खेलको ६८ औं मिनेटमा एपिएफका ७७ नं. जर्सीका खेलाडी प्रदिप लामाले जर्सी नं. ४ का खेलाडी सुदिक सिख्राकारको कर्नर पासलाई हेड मार्फत् गोलमा परिणत गरेका थिए । प्रतियोगिता अन्तर्गत आइतबार हुने दोस्रो क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबवीच प्रतिस्पर्धा हुँनेछ ।

प्रतिक्रिया