अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

ब्राजिलले भेनेजुएलामा मानवीय सहयोग पठाउने

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:५४ मा प्रकाशित

ब्राजिलले संकटग्रस्त मुलुक भेनेजुएलामा मानवीयता सहायता पठाउने भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको असहमतिका बीच ब्राजिलले मानवीय सहायता पठाउने तयारी गरेको हो । यसै हप्ताको अन्तिममा भेनेजुएलाका सीमासम्म मानवीय सहायता पठाउने तयारी भइरहेको ब्राजिलका अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलले पठाएको मानवीय सहायता भित्र्याउने र वितरण गर्ने जिम्मा भने त्यहाँका विपक्षी नेता हुँवा गुइदोको भएको ब्राजिलका राष्ट्रपतिका प्रवक्ताले जानकारी दिएका छन् । भेनेजुएलाका राष्ट्रपति मादुरोले भने अमेरिकालगायत युरोपियन मुलुकहरुले पठाउने सहायता अस्वीकार्य हुने बताउँदै आउनुभएको छ ।

भेनेजुएलालले आफ्नो सिमा नजिक रहेको नेदरल्याण्ड्स अधिनस्थ कुराकाओ टापुसँगको सीमानाका बन्द गरेको छ । अहिलेसम्म कोलम्बिया हुँदै भेनेजुएला पठाउन लागिएको अमेरिकी सहायता समग्री रोक्नसमेत भेनेजुएला सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू