अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०६ | Colorodo: 22:21

क्यानडामा आगलागी, कम्तीमा ७ बालबालिकाको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:३९ मा प्रकाशित

क्यानडाको हलिफ्याक्स शहरस्थित एउटा घरमा आगलागी हुँदा कम्तीमा ७ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकाको उमेर ४ महिनादेखि १५ वर्षसम्मको छ । आगलागीमा परेर २ जना घाइते भएका छन् । घरको पहिलो र दोस्रो तलामा आगलागी भएको थियो । घटनामा परेर मृत्यु भएकाहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । तर, सिरियाली नागरिक बस्दै आएको घरमा आगलागी भएको स्थानीय बासिन्दाले बताएका छन् ।

डेढ वर्षअघि क्यानडा पुगेको सिरियाली नागरिकको परिवार ६ महिना अघिदेखि यो घरमा बस्दै आएको बताइएको छ । घरमूलीको भने गम्भीर घाइते अवस्थामा उपचार भइरहेको छ । आगलागीको घटनाबारे छानबिन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू