अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

भेनेजुएलाको सेनालाई राष्ट्रपति मदुरोको साथ नलिन अमेरिकी राष्ट्रपति ट्रम्पको अपिल

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:५० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलस मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गगर्नुभएको छ । ट्रम्पले भेनेजुएलाको सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता हुँवा गुएडोलाई साथ दिन आग्रह गर्नुभएको हो ।

मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गत जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गर्नुभएको थियो । उहाँलाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, पेरु, कोलम्बियासहितका दक्षिण अमेरिकी देशको समर्थन छ । यस्तै, राष्ट्रपति मादुरोलाई चीन र रुसको साथ छ भने देशको सेना पनि उहाँकै पक्षमा छ ।

गुएडोको आग्रहमा भेनेजुएलाका लागि मानवीय सहायता सामग्री पठाएको अमेरिकाका राष्ट्रपति ट्रम्पले सोमबार फ्लोरिडामा गरेको सम्बोधनमा विश्वको आँखा मादुरोलाई साथ दिनेमाथि रहेको भन्दै चेतावनी समेत दिनुभयो । आन्तरिक कलह चुलिंदै जाँदा भेनेजुएला प्रकरणले विश्व पनि विभाजित बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू