अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

जिम्बाबेको सुनखानीमा दुर्घटना, ६० जनाको मृत्यु भएको आशंका

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:२८ मा प्रकाशित

जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ। दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरू रहेकाले उनीहरू अधिकांशको मृत्यु भएको आशका गरिएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय सरकारका सार्वजनिक सेवासम्बन्धी मन्त्री जुली मोयोले अवैध रूपमा संचालनमा रहेका सुनखानीका कामदारहरू पुरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार देशको पश्चिमी प्रान्त मशोनाल्याण्डमा सो घटना भएको हो । उनीहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून रहेको बताईएको छ । अत्यधिक वर्षा भएकाले उद्धार कार्यमा कठिनाई भएको जनाईएको छ ।

दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरूले बताएका छन् । उद्धार कार्यमा खटिएकाहरूले आइतबार शव निकालिने अपेक्षा गरेका छन् । जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पीडितहरूप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू