अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

सिनावात्राको पार्टी विघटनको ‘संघार’ मा, थाई राजकुमारीद्धारा क्षमायाचना

बिआरटीनेपाल २०७५ फागुन १ गते ८:२८ मा प्रकाशित

राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाइल्याण्डको एक पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरू गरिएको छ । निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाइ रक्षा चार्ट पार्टी’लाई विघटनका लागि प्रक्रिया अगाडि बढाएको हो।

आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ । उनकै प्रभावमा परेर रक्षा चार्टको तर्फबाट थाइ राजकुमारी उबोलरत्नाले केही दिन अगाडि प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । उहाँको घोषणाप्रति उहाँका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाउनुभएको थियो भने आपत्ति जनाएपछि निर्वाचन आयोगले उवोलरत्नालाई उम्मेदवार बन्न आयोग्य घोषणा गरेको थियो ।

राजाको असन्तुष्टि र आयोगको निर्णयपछि राजकुमारी उबोलरत्नाले पनि कमजोरी भएको स्वीकार गर्दै क्षमा याचना गर्नुभएको छ । उहाँले क्षमा याचना गरेसँगै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाउन खोजेको पार्टीलाई विघटनको प्रक्रिया थालेको हो । शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुनविपरित भएकाले त्यस्तो कार्यमा संलग्न रक्षा चार्टलाई विघटन गर्ने प्रक्रिया सुरू गर्नुपरेको आयोगका अधिकारीहरूको भनाइ छ ।

आउँदो मार्च २४ मा निर्वाचन हुन लागेकाले त्यो भन्दा अगाडि नै अदालतले यस विषयमा निर्णय गर्नुपर्ने भएको छ । अदालतले विघटन गर्ने निर्णय गरेमा यसले सिनावात्रा परिवार र सो पार्टीले अझ लामो समय प्रतिबन्ध भोग्नुपर्ने छ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन । सैन्य विद्रोहपछि पदच्युत भई अहिले निर्वासित जीवन बिताइरहका सिनावात्रालाई अहिलेको सत्ता पक्षले निषेध गर्ने रणनीतिको रूपमा यो विषयलाई अगाडि सारेको टिप्पणी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू