अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

भेनेजुएलाका राष्ट्रपति निकोलसको विरोधमा काराकसमा प्रदर्शन

बिआरटीनेपाल २०७५ फागुन १ गते ८:१९ मा प्रकाशित

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरोधमा राजधानी काराकसमा विपक्षीहरुले प्रदर्शन गरेका छन् । विपक्षी नेता हुँवा गोइदोका लाखौं समर्थकले राष्ट्रपतिलाई सत्ता छोड्न दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रपति मादुरोलाई तत्काल सत्ता छाड्न र दातृ निकायले दिएको मानवीय सहयोग भित्रिन दिन माग गरेका छन् । प्रदर्शनको नेतृत्व विपक्षी नेता हुँवा गोइदोले नै गर्दै आएका छन् । काराकसमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै विपक्षी नेता गोइदोले विरोध प्रदर्शन जारी राख्न निर्देशन दिनुभयो । उहाँले भेनेजुएलामा निष्पक्ष निर्वाचन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्नुभएको छ ।

यसैबीच राष्ट्रपति मदुरोले भने अमेरिकी हस्तक्षेपको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष सहयोगको अपील गर्नुभएको छ । उहाँले शान्तिपूर्वक बाँचेको देशमा अमेरिकाले हस्तक्षेप गरेर आतंक सिर्जना गरेको आरोप लगाउनुभयो । आन्तरिक मामिलामा हस्तक्षेप नगर्नसमेत मदुरोले अमेरिकालाई चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू