अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

पोखरामा १४ वर्षीय बालकको घाँटी रेटी हत्या, हत्याको घटनामा संलग्न रहेको आशंकामा १ जना पक्राउ

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:२५ मा प्रकाशित

पोखराको लेकसाइडमा १४ बर्षीय बालकको घाँटी रेटेर हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पोखराको लेकसाइडमा रहेको एक निर्माणाधीन घरमा पाल्पाका सचिन सिंजालीको मंगलबार विहान हत्या भएको अवस्थामा शव फेला परेको थियो । उनको हत्यामा पर्वत जिल्लाको मल्लाज घर भई पोखरामा बस्ने वेनी काले भनिने कुमार गर्वुजाको संलग्नता देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाल्पा घर भइ हाल लेकसाइडमा परिवारसँगै बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार गरि हत्या भएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरि सिंजालीको हत्या भएको हो । गर्वुजा प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपि ओम रानाले उल्लेख गर्नुभयो । सिंजालीका आमा, हजुरआमा र बाबा पोखरा मै भएपनि वेग्ला वेग्लै बस्ने गरेका छन् ।

प्रतिक्रिया