अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

लन्डनमा कार्ल मार्क्सको स्मारक तोडफोड

बिआरटीनेपाल २०७५ माघ २३ गते ४:२० मा प्रकाशित

जर्मन दार्शनिक एवम् समाजवादी नेता कार्ल मार्क्सको बेलायतको राजधानी लन्डनस्थित स्मारकमा तोडफोड भएको छ । अत्यन्त महत्वपूर्ण मानिएको यस स्मारकलाई कसैले हथौडाले प्रहार गरी फुटाउने प्रयास गरेको देखिएको छ । फ्रेन्ड्स अफ हाईगेट सेमेटरी ट्रस्टका मुख्य कार्यकारी इयान डुंगवेलले मार्क्सको स्मारकमा पटकपटक हमला हुने गरेको बताएका छन् ।

यसअघि सन् १९७० मा पनि पाइप बमको प्रयोगले स्मारक ध्वस्त पार्ने गरी हमलाको प्रयास गरिएको थियो । यसपटकको हमलामा मार्क्स र उनका परिवारको नाम लेखिएको मार्बल टुटेको छ भने स्मारकमा क्षति पुगेको छ ।

सन् १८१८ मा जन्मेका मार्क्सको सन् १८८३ मा निधन भएको थियो । उनले आफ्नो जीवनमा वर्गसंघर्ष, पूँजिवाद तथा मानव श्रमसँग सम्बन्धित क्रान्तिकारी विचारको प्रकासन गरेका थिए । १८४९ मा लन्डन आएका मार्क्स त्यसपछि लन्डनमै बसेका थिए । सन् १९५६ मा कम्युनिस्ट पार्टीले उनकाे स्मारक बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू