अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

जर्मनीमा वासु अर्यालको अध्यक्षतामा गोर्खाली समाज गठन

बिआरटीनेपाल २०७५ माघ २२ गते २३:१४ मा प्रकाशित

जर्मनी, जर्मनीको फ्रान्क्फार्टमा गोर्खालीहरूको भेला सम्पन्न भएको छ। एनआरएनएका पूर्व ग्लोबल अध्यक्ष तथा साहित्यकार जिबा लामिछाने भेलाका प्रमुख अतिथि रहेका थिए । गैह्र आवासीय नेपाली सङ्घका उपाध्यक्ष कुमार पन्त, सोही सङ्घका संस्थापक राम प्रताप थापा, गैह्र आवासीय नेपाली सङ्घ फ्रान्सका संस्थापक हरिहर अर्याल तथा गोर्खाली समाज बेल्जियमका अध्यक्ष राम घले समेतको विशेष उपस्थितिमा भएको भेलाले वासु अर्यालको अध्यक्षतामा गोर्खाली समाज जर्मनी गठन गरेको हो।

गोरखामा लगानी तथा परोपकारको मूल उद्येश्य राखेर गठन भएको गोर्खाली समितिको पदाधिकारीहरूमा क्रमशः उपाध्यक्ष वन्दना पन्त,महासचिव सुजन थापा, सचिव जीवन ढकाल र कोषाध्यक्ष राधिका खनाल रहेका छन्। त्यस्तै सदस्यहरू क्रमशः डा.सरोज अर्याल,शारदा देवकोटा,पार्वती फुयाँल, ज्योति चालिसे र तोयनाथ खनाललाई भेलाले चयन गरेको छ। थप क्षेत्रहरूको प्रतिनिधित्व हुने गरेर आवश्यकता अनुसार केही सदस्य थप गर्न समाजलाई भेलाले अनुमतिसमेत दिएको छ।

भेलाले समाजलाई संरक्षणको साथै आवश्यक सुझाव सल्लाहको लागी सल्लाहकार समिति समेत निर्माण गरेको छ। जसमा जिबा लामिछाने,कुमार पन्त,राम प्रताप थापा र कृष्ण गौतम रहेका छन्।

गोर्खाली समाजका अभियन्ता वासु अर्यालको सभापतित्व र सरोज थापाको सञ्चालनमा भएको प्रथम खुल्ला सत्रमा सरोज अर्यालले युरोपको विभिन्न स्थानबाट आएका अतिथिहरूलाई मन्तव्य मार्फत स्वागत गरेका थिए।

प्रतिबद्धता मन्तव्यको क्रममा विकास, समृद्धि प्रेम र समवेदनाको परिधिबारे बोल्दै गोर्खा समाज जर्मनीका अध्यक्ष वासु अर्यालले भने, “यी कुराहरू परिवार, गाउँ र जिल्लासँग प्रबल रूपले जोडिँदै देशको हितमा समाहित हुन्छन्। समवेदना, मानवीय हित, प्रेम र भावनाका अन्य उत्कण्ठाहरुको लहर अन्ततः अन्तर्राष्ट्रिय मानवतामा समाहित हुने हो। गोर्खाली समाजको गठन यही सकारात्मकताको लागी पहिलो प्रयास हो।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू