अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

ट्रम्पले भने – नेपाल र भूटान भारतीय भूभाग

बिआरटीनेपाल २०७५ माघ २० गते ३:३४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भूटानलाई भारतीय भूभाग ठान्ने गरेको खुलासा भएको छ । ट्रम्पले अमेरिकी गुप्तचरहरूको एउटा समूहलाई दिएको ब्रिफिङका क्रममा नेपाल र भूटान भारतीय क्षेत्रमा पर्ने बताउनुभएको हो । ट्रम्पले नेपाल र भूटानलाई भारतीय भूभाग भनेपछि उहाँका सल्लाहकारहरूले दक्षिण एसियाको नक्सा मगाएरै सम्झाउनु परेको थियो । सल्लाहकारले अफगानिस्तानदेखि बंगलादेशसम्मको भूभाग देखाएर ट्रम्पलाई सम्झाएका थिए ।

उनीहरूले नेपाल र भूटान भारतीय भूभाग नभए स्वतन्त्र राष्ट्र हुन् भनि सम्झाएको गुप्तचर अधिकारहरूको भनाइ उद्धृत् गर्दै टाइम म्याग्जिनको अनलाइन संस्करणले उल्लेख गरेका छ । टाइम म्याग्जिनको अनलाइन संस्करणमा भनिएको छ, ’संसदहरू (कंग्रेसहरू)को ब्रिफिङका क्रममा ट्रम्पका सल्लाहकारहरूले दक्षिण एसियाको नक्सा ल्याएर अफगानिस्तनदेखि बंगलादेशसम्मका क्षेत्र देखाए ।

ट्रम्पले नक्सामा देखाउँदै नेपाल भारतको भूभाग थियो भनेपछि सल्लाहकारहरूले नेपाल स्वतन्त्रण मुलुक हो भनी सम्झाए । त्यसो भए भूटान भारतको भूभाग थियो त भनि सोधे । त्यसपछि भूटान स्वतन्त्रण राज्य हो भनि बताए ।’ यसअघि ट्रम्पले नेपाल र भूटानको नाम गलत उच्चारण गर्नुभएको थियो । उहाँले २०१७ को अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण अघिको एक ब्रिफिङका क्रममा नेपाललाई ’निप्पल’ र भूटानलाई ’भुट्टोन’ भनेको पोलिटिको अनलाइन संस्करणले लेखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू