अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

चीनद्वारा दुईवटा भूउपग्रह प्रक्षेपण

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:५४ मा प्रकाशित

चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो ।

केन्द्रका अनुसार उक्त भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भूउपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो ।

उक्त भू–उपग्रहको माध्यमबाट रिमोट सेन्सिङ तथ्याङ्क प्राप्त गर्नुका साथै वन, सिपिङ, स्रोत तथा वातावरण अनुगमनका लागि पनि प्रयोग हुनेछ । यो भूउपग्रह चीनले यसअघि प्रक्षेपण गरिएका १० वटा जिलिन–१ भूउपग्रहकै एक भाग हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू