अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

प्रधानमन्त्री ओली स्वीट्जरल्यान्डको डावोसमा

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:२९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वीट्जरल्यान्डको डावोस पुग्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै प्रधानमन्त्री नेतृत्वको प्रतिनीधिमण्डल डावोस पुगेको जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको हो ।

यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्वीट्जरल्यान्ड भ्रमण क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शंकरदास वैरागी लगायतका उच्च अधिकारी सहभागी छन् । प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ स्वदेश फर्कने छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डावोस बैठकमा नेपालका प्रधानमन्त्रीले भाग लिन लागेको पहिलोपटक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू