अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

वेब सिरिज ‘माई बेस्ट फ्रेन्ड’को इन्ड क्ल्याप एक समारोहको साथ सम्पन्न

रघु सापकोटा २०७५ माघ २ गते ८:०४ मा प्रकाशित

विधिको विकास सँगै नेपाली कला क्षेत्रले पनि फड्को मार्दै आएको छ । कुनै बेला सिरियल हेर्नको लागि टेलिभिजनको समय कुर्नु पर्थ्यो । अहिले यु ट्युबको लागि नेपाली वेब सिरिजहरू थुप्रै बन्ने गरेका छन् । यसै क्रममा साकेवा मुभिजले निर्माण गरेको वेब सिरिज ‘माई बेस्ट फ्रेन्ड’को इन्ड क्ल्याप एक समारोहको साथ गरिएको छ । बिर्तामोड स्थित होटेल हेभनमा साकेवा मुभिजका संस्थापक ज्योतिराज राईको प्रमुख आतिथ्यमा वेब सिरिज ‘माई बेस्ट फ्रेन्ड’को इन्ड क्ल्याप गरिएको हो । उक्त कार्यक्रममा सिरिजका सम्पूर्ण कलाकार तथा प्राविधिकहरूलाई प्रशंसा पत्र वितरण पनि गरिएको छ ।

उक्त सिरिज यु ट्युबमा २५ भाग सम्म आइसकेको छ । जम्मा २७ भागको छायाङ्कन सकिएको छ । रमु श्रेष्ठ राई तथा द इस्टर्न मिडियाको निर्माण रहेको सिरिजलाई किरण राईले निर्देशन गरेका हुन् । सिरिज ‘माई बेस्ट फ्रेन्ड’ मा भुवन सिंह राई, रोस्मिता श्रेष्ठ, सारा राई, सागर थापा मगर, प्रयास घिमिरे, सलिना गुरुङ, सुरेस राई, मेघा लिम्बु, स्मृति पोख्रेल, विवेक विष्ट, अनुप राई, रमेश बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

किरण राईको कथा, प्रयास घिमिरे र भुवन सिंह राईको पटकथा, छायाङ्कन सम्पादन र निर्देशन किरण राईको रहेको सिरिजलाई युवा दर्शकहरूले राम्रो प्रतिक्रिया दिएका छन् । बिर्तामोडमा रहेको द इस्टर्न मिडियाले लघु चलचित्र, म्युजिक भिडियो, वेब सिरिज सँगै ठुलो पर्दाको चलचित्र पनि निर्माण गरी सकेको छ।