अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक

रघु सापकोटा २०७६ माघ २९ गते ६:३२ मा प्रकाशित

सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भए सँगै चलचित्रको हाइप बढ्दै गएको छ । गत शुक्रवार सार्वजनिक टिजरलाइ दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । सार्वजनिक टिजरले यो समाचार तयार पार्दा सम्म दुई लाख चौबिस हजार भन्दा बढी भ्युज पाएको छ हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको टिजरलाइ दश हजार भन्दा धेरैले लाइक गरेका छन् भने १४५ ले डिसलाइक गरेका छन् । टिजर सार्वजनिक गरे सँगै चलचित्र टिम प्रचार प्रसारमा जुटेको छ। नेपाली चलचित्रको प्रचार प्रसार अब पुरानो शैलीमा मात्र गरेर नहुने नयाँ नयाँ तरिका पनि अपनाउनु पर्ने आवश्यकता महसुस गर्दै चलचित्र निर्माण टिम फरक फरक शैलीमा प्रचार गर्ने योजनाका साथ अघि बढी रहेका छन् ।

काठमाडौँको अति नै व्यस्त ठाउँ दरबारमार्गमा रहेको डिजिटल बोर्डमा चलचित्रको टिजर देखाउने कार्य गरिएको छ दैनिक हजारौँ मानिसको आवत जावत हुने स्थानमा चलचित्रको टिजरको प्रचार गर्दा धेरै दर्शक माझ पुग्ने छ र धेरैले चलचित्रको बारेमा थाहा पाउने चलचित्रका निर्माता मनोज राजभण्डारीले बताए ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल,बुद्धि तामाङ,दिया पुनलाई स्थान दिइएको छ । चलचित्रमा गोरखाको मनासलु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाइएको छ । मनासलु क्षेत्रमा पहिलो पटक छायाङ्कन गरिएको चलचित्रका दृश्यहरूले दर्शकको मन जितेको छ ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ,वीर बहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर सह निर्मातामा रबिराज कार्की सुरेश कार्की वीर बहादुर लामा र शुभ श्रेष्ठ रहेका छन् । साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको सङ्गीत, सञ्जय लामाको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्र नयाँ वर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ तर नयाँ वर्षको कुन दिन प्रदर्शनमा आउने भन्ने चाहिँ गोप्य राखिएको छ ।

प्रतिक्रिया