अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

गायिका निशा कंडेलको स्वरमा रहेको दोस्रो गीत नेपाली छोरी सार्वजनिक

रघु सापकोटा २०७५ भदौ २४ गते ९:३७ मा प्रकाशित

गायिका निशा कंडेलको स्वरमा रहेको दोस्रो गीत नेपाली छोरी सार्वजनिक गरिएको छ केही महिना पहिले सार्वजनिक गीत ‘सधैँ लाई’ बाट राम्रो प्रतिक्रिया पाएकी गायिका कंडेलको दोस्रो अफिसियल भिडियो सार्वजनिक गरिएको हो । राहुल प्रधानको सङ्गीत रहेको गीतलाई सञ्जीव भट्टराईले शब्द लेखेका हुन् नितिन चन्दले निर्देशन गरेको भिडियोलाई सुरेश नेपालले छायाङ्कन तथा र दिपेन बस्न्यातले सम्पादन गरेका छन् । प्रमोद भण्डारीले कोरियोग्राफी गरेको भिडियोमा राष्ट्रियता झल्काउन खोजिएको छ । गीतमा एउटी युवतीले आफूलाई नेपाल र नेपाली संस्कृति मन पर्ने बताई रहेकी छिन । भिडियोमा गायिका कंडेल नै फिचर छिन । भिडियोलाई केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सपोर्ट गरेको छ । 

केबीए ग्लोबल एजुकेसन एन्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरू लाई प्रोत्साहन गर्दै आइरहेको छ ।अस्ट्रेलियाको सिड्नी,डार्विन,पर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ,चितवन,बुटवल,नेपालगन्ज,पोखरा र बनेपामा कार्यालय सञ्चालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रीले जानकारी गराए । कला र गीत सङ्गीत प्रेमी क्षेत्रीले निशा कंडेल जस्तै अन्य प्रतिभा भएका कलाकारहरूको प्रमोसनको लागि निरन्तर केबीए ग्लोबलले सहयोग गर्दै जाने पनि बताए ।

प्रतिक्रिया