अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

गायक प्रदीप पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको ओ सानी’ बोलको गीतको भिडियो सार्वजनिक

रघु सापकोटा २०७५ भदौ १५ गते ८:३२ मा प्रकाशित

गायक प्रदीप पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको ‘ओ सानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा रियालिटी सो डी.आइ.डी मा धमाका मच्चाएका डान्सर सुजन मार्पाको साथमा ओशन बास्तोला र रानी श्रेष्ठलाई फिचर गरिएको छ । सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक स्वयम् प्रदीप पाण्डेको रहेको छ ।

आशिष् अविरलले सङ्गीत संयोजन गरेको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेको भिडियोलाई सुजन मार्पाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । ओ सानी गीत अहिलेको समयको चल्तीको गीत बनेको छ । गायक प्रदीप पाण्डेले यस अघि पनि विभिन्न गीतहरूमा आफ्नो स्वर दिई सकेका छन् । लेक्चरर पाण्डेले सङ्गीत क्षेत्रमा पनि आफूले समय दिने र निरन्तर गीत सङ्गीत सार्वजनिक गरी रहने बताए ।