अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

गीतकार उपाध्यायले एकै पटक सात एलबम निकालेर नयाँ रेकर्ड

रघु सापकोटा २०७५ मंसिर ९ गते २०:४२ मा प्रकाशित

काठमाण्डु, गीतकार डी.आर. उपाध्यायले नेपाली एलबम प्रकाशनमा एकै पटक सबैभन्दा धेरै एलबम निकालेर नयाँ रेकर्ड राखेका छन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेको हातबाट एकै पटक सात एलबम विमोचन गराएर यो कृर्तिमानी काम गरेका हुन्। 

नाचघरमा आयोजित समारोहमा वरिष्ठदेखि कनिष्ठ गीतकार , सङ्गीतकार, गायक गायिका, चलचित्रकर्मी, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।जखम, माउन्टेन मेलोडी,नशालु नजर,जोहो,अन्तराप,प्रतिनाद र सहेली एकै पटक विमोचन भएका थिए।यी एल्बमहरुमा बुलु मुकारुंग , सन्तोष श्रेष्ठ र सागर अधिकारीको सङ्गीत छ भने तिन दर्जन गायक गायिकाले गीत गाएका छन् । 

विमोचनको साथमा राष्टकवि माधव प्रसाद घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई नगद ५१ हजारको थैली सहित स्वर्णपत्र सहित सम्मान गरिएको थियो । यसको अलबा सङ्गीतकार राजु सिंहको अगुवाइमा प्रत्यक्ष वाद्यवादन सहित ११ वटा गीत प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको थियो ।डी.आरका गीत सुन्दा उनी बहुआयामिक देखिन्छन् । शब्द केलाउन सिपालु छन् ।नेपाली सङ्गीत भन्डारमा राम्रा राम्रा एलबम दिएर प्रशंसा योग्य काम गरेका छन् ।

प्रतिक्रिया