अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

एटलान्टामा गुरुङहरूको तमु लोहसार सम्पन्न

अर्जुन प्रधान २०७५ पुष २४ गते १९:३८ मा प्रकाशित

लोक गायक नवीन खड्काले नचाए

जर्जिया, गत शनिवार बेलुका भुटानीस् गुरुङ सोसाइटी अफ जर्जियाले तमु लोसार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सुरुवात गुरुङ जातिहरूको जागरण गीतबाट गरिएको थियो । “हामी तमु जातीको आफ्नै भाषा भेशा छ” नामको जागरण गीत अगम गुरुङको शब्द र सङ्गीतमा रोधी समूहले गाएका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरूले गुरुङ संस्क्रितीको प्रस्तुति गरेका थिए । दर्शकहरूको बाक्लो उपस्थिति माझमा यो कार्यक्रममा आफ्नो समुदायको संस्कृति झल्कने गरी गुरुङ पोसाकमा आएका तमुहरूको उपस्थितिले नेपालमै मनाएको ल्होसार भन्दा कम थिएन । कार्यक्रममा गायक नवीन खड्काले गीत र स्थानीय कलाकारले विभिन्न प्रकारका गुरुङ र नेपाली नृत्य प्रस्तुत गरेका थिए ।अन्य जातले जस्तै गुरुङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाइहरूसँग रमाइलो गर्छन् ।

कार्यक्रमका प्रमुख अतिथि पत्रकार प्रेम बनियाले पनि अति खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिएका छन् । उनले भने धेरै आभारी छु अगम गुरुङ र मनोज गुरुङसहित भुट्निज गुरुङ सोसाइटी अफ जर्जिया, अनि सिगो समुदायप्रति जसले तमु ल्होसारको अवसरमा मलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गर्नुभयो र नेपाली भाषा सँस्कारको एकदमै उत्कृष्ट नमुना कार्यक्रम प्रस्तुत गर्नुभयो । 

प्रेम भन्छन् “यो कार्यक्रम धेरै हिसाबले मेरो जीवनमा महत्त्वपूर्ण भएर रह्यो । जीवनमा पहिलो पटक भाङ्ग्रा लाएर भन्न पाएँ ‘म नेपाल र नेपालीलाई मात्र होइन यसभन्दा परपर र बरबर रहेका सबै सबै नेपालीभाषीहरु, नेपाली संस्कार र सभ्यताका पूजकहरुलाई सम्मान गरेर यो स्वाभिमानको निकै फराकिलो आयतनमा गौरव गर्दछु” । 

कार्यक्रममा गायक नवीन खड्काले पुरानो लोक भाकाको गीतले सबैको मन छुएका छन् । त्यसैक्रममा खड्काकालाई अग्रज बाबा आमाले आशिष् दिँदै भन्नेकाछन् “टि भीम लोक गीत गाउने त नै होस् नानी भन्दै केही रकम हात लगाएको खड्काले आफ्नो फेसबुकमा उद्रिक्त गरेका छन् ।” 

आयोजक समितिका प्रमुख अगम गुरुङले थप्दै भनेका छन् की “आमा बाबाले अति खुसी हुँदै आफ्नो पोल्टोको थैलीबाट चानचुने पैसा झिकेर दिएको देख्दा आफ्नो आङ्ग झिरिङ्ग भएको महसुस भएको ग्लोबल पोस्टलाई जानकारी दिएका छन् । त्यस बेला गायक खड्काको पनि आँखा रसाएकोले सबै स्तब्ध भएका थियौ ।” कार्यक्रमको सञ्चालन विनोद गुरुङले गरेका थिए । अम्बर गुरुङ, कृष्ण गुरुङले गीत गाएका थिए । अतिथि कलाकार रोधी ग्रुपका नर्थ क्यारोलीनाबाट आएका थिए ।

खड्काले आफ्नो महत्ब्यमा लोक गीतकै शैलीमा नमरी बाचे दैवले साँचे अर्को साल भेट्ने बाचा गर्दै, बाबा आमा र आयोजक कमिटीहरूलाई मञ्चबाट विदाँ माग्दै फेरि भेट्ने आशा गरिएका छन् । मौलिक नेपाली लोक संस्कृतिको श्रेत्रमा अतुलनिय योगदान पुर्‍याएको भन्दै भुटिनस् गुरुङ सोसाइटी अफ जर्जिया, अमेरिकाले खड्कालाई नेपाल सरकारको तर्फबाट जर्जिया राज्यका लागि पर्यटन दूत महामहिम राजा घलेको हातबाट सम्मान पत्र यापन गराएको थियो । 

उक्त कार्यक्रम विशेष अतिथि पर्यटन दूत महामहिम राजा घले, भुटानी समाजका डम्बर घले, मनिकला बस्नेत, बहादुर सुब्बा, विकाश थुलुङ लगायत अन्य अतिथिहरूको विशेष उपश्थिीती रहेको थियो । अमेरिका लगायत विभिन्न राज्यहरूमा पनि यसै गरी गुरुङहरूले तमु लोहसार मनाएका छन् ।