अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

अमेरिकाको हेरिस्वर्गमा हुने बृहद अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान ५ सफल बनाउने सामाजिक अगुवाको भनाई

अर्जुन प्रधान २०७८ फागुन १६ गते १८:२५ मा प्रकाशित

अमेरिकाको हेरिस्वर्गमा हुन लागिरहेको बृहद अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाँचौँ शृङ्खलालाई सफल र भव्य बनाउन हेरिस्वर्गका छलफल गरिएको छ । विश्व भुटानी साहित्य समाज बिभुसास हेरिस्वर्ग च्याप्टरको आयोजनामा हुन लागिरहेको अनुष्ठान आगामी जुलाई २९ देखी ३१ तारिख सम्म तिन दिन सञ्चालन हुनेछ ।

समाजको विकाशका लागी भाषा नै प्रमुख विषय रहेकोले भाषाको संरक्षण, संवर्द्धन र विकासले समाजको पनि सार्वभौम विकास हुने सहभागीहरूले बताएका छन् । छलफल कार्यक्रमका सहभागीहरूले अनुष्ठान सम्पन्न गर्नका लागी आफूहरूले नैतिक, आर्थिक, सामाजिक र व्यवहारिक सहयोग गर्ने प्रतिबद्धता जनाएकोले आफूहरू झन् हौसिएको कार्यक्रमका सञ्चालक तथा बिभुसासका महासचिव पातलो अन्तरेले जानकारी दिनुभयो ।

छलफलमा सहभागीहरूलाई अनुष्ठान कार्यक्रमको विवरणको बारेमा जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम राईले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा भुटनिज कम्युनिटी अफ हेरिस्वर्गका प्रमुख बिनय लुईंटेलले कार्यक्रम सफल बनाउन सम्पूर्ण समर्थन रहेको बताउनु भयो । त्यसै गरी ओएचआरसिका अध्यक्ष तुला न्यौपानेले नेपाली भाषा र संस्कृतिको संरक्षणका लागी आफूहरू सदैव तयार रहेको बताउनु भयो ।

छलफलमा समाजका अग्रणी व्यक्तित्वहरू टिबी गुरुङ, नारद अधिकारी, डिबि सारु, अमन गुरुङ, नेत्र आचार्य, बालकृष्ण अधिकारी, रत्न गुरुङ, विकाश राई, मुस्कान बलम्पाकी, नवीन भट्टराई लगायतले कार्यक्रमलाई सफल बनाउन नैतिक र आर्थिक रूपले सहयोग गर्न तयार रहेको बताउनु भयो । छलफलको अन्त्यमा कार्यक्रमका सभापति तथा जिबिएलओका अध्यक्ष कर्ण गुरुङले अनुष्ठान कार्यक्रम सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोले सहयोगका लागी आग्रह गर्नु भएको थियो ।