अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

पोर्चुगलको तमु ल्होसारमा गायक द्धय गणेश र नर जङ्ग गुरुङको उत्कृष्ट प्रस्तुति

बाइ.बि.गुरुङ २०७५ पुष २३ गते २१:५७ मा प्रकाशित

पोर्चुगलमा भएको तमु राष्ट्रिय फोल्होसार कार्यक्रममा नेपालका चर्चित कौडा गायक गणेश गुरुङ र नर जङ्ग गुरुङ द्धयले पहिलो पटक उत्कृष्ट साङ्गीतिक प्रस्तुति दिए । तमु समाज, पोर्चुगलद्धारा आयोजना गरिएको उक्त ल्होसार कार्यक्रममा अतिथि कलकारका रूपमा पहिलो पटक पोर्चुगल आएका गायक द्धयको दर्जन भन्दा बढी गुरुङ तथा नेपाली गीत मार्फत ३ धण्टा लगातारको प्रस्तुतिमा दर्शकहरू झुमेर नाचेका थिए । साथमा अर्का चर्चित गायक देव लामाले “ पैसा होइन पासो छ परदेशमा” बोलको मर्मस्पर्शी कभर गीत गाउँदा दर्शकहरू भावुक बनेका थिए उनको प्रस्तुतिलाई पनि निक्कै रुचाइएको थियो जसले गर्दा उनले अर्को गुरुङ गीत पनि गाएका थिए देव लामाले दर्शकहरूको मन जित्न सफल भए ।

साथमा स्थानीय गायक समीर गुरुङ,छिरिङ शेर्पा लगायत कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए भने शान्ति गुरुङको नेत्रुत्वमा आमा समूहले गायक गणेश गुरुङको चर्चित गीत “जून सरी मायालाई बोलाउन् कसरी” बोलको कौडा गीतमा उत्कृष्ट नृत्य गरेका थिए त्यस्तै सृष्टि गुरुङ,सरिना गुरुङ र रिया गुरुङले “कान्छी ढल्क्यो जोबन” बोलको गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए , तमु समाज पोर्चुगलका उपाध्यक्ष मिलन गुरुङको नेतृत्वको टोलीद्वारा ” बिर्सनै नसक्ने बनायो माया जालैले ” बोलको गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए , भने सोनी गुरुङ, रिया पुन लगायतका कलकारहरुले नेपालको संस्कृति झल्कने भेषभुषामा बेग्ला बेग्लै नृत्यहरू प्रस्तुत गरेका थिए ।

नेपाली तथा गुरुङ राष्ट्रिय गान मार्फत सुरु भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि लिस्वोनका लागि नेपाली अवैतनिक बाणीज्यदूत मकर बहादुर हमालद्धारा द्धिपप्रज्वलन गरी उद्घाटन गरिएको उक्त ल्होसार कार्यक्रममा विशेष अतिथि पोर्चुगलका नेपाली पर्यटन दूत रमेश कुमार गुरुङ, एनआरएन आइसीसी सदस्य द्धय नरेन्द्र बहादुर हमाल तथा पेम्वा शेर्पा,गैर आवासीय नेपाली सङ्घ,पोर्चुगलका अध्यक्ष कुविर कार्की, आदिवासी जनजाति महासङ्घ,पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा, नेपाली नारी समाज,पोर्चुगलकी महासचिव मिना माया खरेल, जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, नेपाली प्रवासी मञ्च,पोर्चुगलका अध्यक्ष गोविन्द पौड्याल, सङ्घीय समाजवादी फोरम,पोर्चुगलका अध्यक्ष सोम फुरी शेर्पा, जनप्रगतिशील मञ्च,पोर्चुगलका अध्यक्ष नारायण शर्मा, नयाँ शक्ति निकट पार्टीका पोर्चुगल अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगलका अध्यक्ष धनराज शेर्पा लगायतका वक्ताहरूले ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

हरेक वर्ष पुस १५ अर्थात् डिसेम्बर ३० तारिख मनाइने ल्होसार तमु क्यालेन्डर अनुसार नयाँ वर्ष लाई स्वागत गर्दै पुरानो वर्षलाई बिदाइ गरिन्छ यसरी तमु पात्रो अनुसार हरेक वर्ष ल्हो (वर्ग) फेरिन्छ यो वर्ष फोल्हो (मृग वर्ग)लाई स्वागत गर्दै खिल्हो (कुकुर वर्ग)लाई बिदाइ गर्दै मनाइएको थियो यसरी यस वर्ष ल्हो आउनेहरूलाई र जानेहरूलाई शुभ होस भन्दै तमु समाजकी वयोवृद्ध आमा बसमाया तमूस्योको हातबाट रुपद्धारा “स्याई” गरिएको थियो भने विभिन्न खानाका परिकार सहित आफ्नो सांस्कृतिक पहिरनामा उपस्थित भएका तमुहरूले धूमधाम सँग रमाइलो गरी ल्होसार मनाएका थिए । तमु समाज, पोर्चुगलका अध्यक्ष प्रितम गुरुङको सभापतित्वमा सम्पन्न उक्त फोल्होसार कार्यक्रमको पहिलो औपचारिक कार्यक्रम समाजका सचिव अमर जङ्ग गुरुङले सञ्चालन गरेका थिए भने दोस्रो सत्रको सांस्कृतिक कार्यक्रम तमु समाज,पोर्चुगलका पूर्व कार्यवाहक अध्यक्ष कमल गुरुङले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू