अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

इजिप्टमा गराइको विस्फोटमा ४ जनाको मृत्यु, १२ घाइते

बिआरटीनेपाल २०७५ पुष १४ गते ८:४९ मा प्रकाशित

इजिप्टमा पर्यटक बसलाई लक्षित गरी गराइएको विस्फोटमा ३ जना पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । जिगा पिरामिड नजिकै पर्यटक बसलाई लक्षित गरी भएको विस्फोटमा ३ जना भियतनामी पर्यटक र १ स्थानीय गाइडको मृत्यु भएको हो ।

घटनामा १२ जना घाइते भएका छन् । भियतनामबाट गएका १४ जना पर्यटकलाई लिएर गइरहेको बस जिगा पिरामिड नजिकैको बाटोको छेउमा विस्फोट भएको हो । दुर्घटनामा घाइते १२ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटको जिम्मेवारीले कसैले पनि लिएको छैन । यसअघि इस्लामिक स्टेटले पर्यटकलाई लक्षित गर्दै आक्रमण गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू