अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

बिआरटीनेपाल २०७५ पुष १३ गते ९:०५ मा प्रकाशित

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो ।

सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारीअनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनामाथि अनुसन्धान गरिएको छ । उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको जनाइएको छ । ‘अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,’ मन्त्री चौधरीले भनेका छन् ।

जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति हुनुभएको थियो । उहा प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष पनि हुनुहुन्छ । जर्दारीकी श्रीमती पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको ११ औँ बार्षिकी बनाउँदै गरेको बेलामा सरकारले यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू