अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

फ्रान्समा अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको मृत्यु, १२ घाइते

बिआरटीनेपाल २०७५ मंसिर २५ गते २०:२५ मा प्रकाशित

 

फ्रान्सको पूर्वी शहर स्ट्रासवर्गस्थित क्रिसमस बजार नजिकै अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा भएको घटनामा अन्य १२ जना घाइते भएका छन् ।

गोली प्रहार गरेपछि भाग्दै गरेको बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको जवाफी कारबाहीमा उनी पनि घाइते भएको बताइएको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनालाई आतंकवादीको संज्ञा दिँदै अधिकारीहरुले अनुसन्धान थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू