अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

संसदीय सुनुवाई समितिमा चार राजदूतको नाम अनुमोदन

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:४५ मा प्रकाशित

संसदीय सुनुवाई समितिले ४ राजदूतको नाम सर्वसहमतिले अनुमोदन भएको छ । आइतबार भएको संसदीय सुनुवाई समितिको बैठकमा उनीहरुको नाम अनुमोदन भएको हो ।

बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम अनुमोदन गरेको हो ।

प्रस्तावित राजदूतको प्रस्तुतिकरणपछि उनीहरु राजदूतका लागि उपयुक्त ठहर गर्दै निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया