अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

जापानमा अमेरिकी सेनाको दुईवटा लडाकु विमान ठोक्किदा ६ जना बेपत्ता

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:०८ मा प्रकाशित

जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान आपसमा ठोक्किंदा ६ जना वेपत्ता भएका छन् । आकाशमा उडिरहेको अवस्थामा तेल भर्ने अभ्यास चलिंरहँदा अमेरीकी हवाई सेनाको दुई लडाकु विमान ठोक्किएका हुन् । अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित अमेरीकी सेनाको आधारबाट उडेका के.सी वान थर्टी र एफ.एटिन लडाकु विमान दुर्घटनामा परेको जनाईएको छ ।

जापानको समुद्री किनारबाट झण्डै ३ सय २० किलोमिटर टाढा दुर्घटना भएको बताइएको छ । दुईटनास्थलबाट एक जना सैनिकको उद्दार गरिएको छ भने बाँकी ६ सैनिक हराईरहेका छन् ।

वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । उद्धारका लागि जापानले पनि चार वटा विमान र तीन पानी जहाज परिचालन गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू