अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवन अगाडि नाराबाजी गर्ने नियन्त्रणमा

बिआरटीनेपाल २०७५ मंसिर २० गते ८:४९ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएका कन्चनपुरका १३ वर्षका बालिका निर्मला पन्तका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शीतल निवासअगाडि नाराबाजी गर्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने अभियानमा संलग्न युवाले ‘निर्मलालाई न्याय दे’, ‘न्याय मार्न पाइँदैन’, ‘शीतल निवास किन चुप ?’ जस्ता नारा लगाएका थिए ।

नाराबाजी गरिरहेका युवतीलाई भने महिला प्रहरी नआएका कारण केही समयपछिमात्र नियन्त्रणमा लिइएको थियो ।‘नयाँ युगको सुरुवात’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर राजधानीका पोल–पोलमा राखिएपछि सोही पोस्टरको तलतिर ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसेर युवाले यो अभियान सुरु गरेका थिए । उनीहरुले लामो तथा छोटो दूरीका सवारी–साधनमासमेत ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर र पोस्टर टाँसेका थिए ।

प्रतिक्रिया