अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

रक गायक सुदिप थकालीको “ओम शान्ति ओम” सार्वजनिक (भिडियो सहित)

सुर्य चन्द २०७५ मंसिर १८ गते ११:०१ मा प्रकाशित

काठमाडौँ, विगत लामो समय देखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको गीति एलबम ” रक स्टार ”मा रहेको गीत “ओम शान्ति ओम” को म्युजिक भिडियो सार्वजनिक भएको छ l विगत आठ वर्ष देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए l शास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन् l

रक गायक सुदिप कुमार थकालीको आफ्नै शब्द तथा सङ्गीत रहेको यस गीतमा शान्तिका सन्देशहरू प्रवाह गरिएको छ l नियोन क्रियसनले भिडियोलाई बजारमा लिएर आएको छ भने भिडियोमा गायक आफै तथा उनका ब्यान्ड मेम्बरलाई देख्न सकिन्छ l

यस गीतको म्युजिक भिडियोले दर्शक श्रोताहरूको मन जित्ने कुरामा विश्वास लिएका रक गायक सुदिप कुमार थकालीले “ओम शान्ति ओम” नेपाली साङ्गीतिक आकाशको रक गायनमा नौलो आयाम थप्ने कुरामा विश्वस्त छन् l साथै यो आफ्नो गीतको म्युजिक भिडियोलाई हेरेर दर्शक आफ्नो अमूल्य कमेन्ट गरी दिनुहुन पनि आग्रह गरेका छन् l आफू जहाँ रहे पनि संसारको जुनसुकै मुलुकमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्दै भविष्यमा पनि यस्तै श्रोता दर्शकहरूको गीतहरू, म्युजिक भिडियो लिएर नेपाली संगतिक फाँटमा आउने कुरा उनी बताउछन l

 

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया