अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 15:38

बिपद् व्यवस्थापन पुर्व तयारी, राष्ट्रिय नीतिका साथ काम जारी –  प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ मंसिर १७ गते ८:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विपद् व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय नीति नै बनाएर काम गरिरहेको बताउनुभएको हो ।

विपद् व्यवस्थापनसम्बन्धि एसिया प्रशान्त क्षेत्रीय परामर्श समितिको १४ औं बैठकलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्रीले भूकम्पले क्षति पुर्याएको संरचनाहरुको पुनस्र्थापना र पुनर्निर्माणको काम सरकारले अहिले पनि गरिरहेको स्मरण गराउनुभयो ।

सो अवसरमा अवसरमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणको काममा अन्तर्राष्ट्रिय समूदायले गरेको सहयोगको पनि खुलेर प्रशंसा समेत गर्नुभयो । प्राकृतिक विपत्तिको कुनै सीमा र पूर्वानुमान नहुने उल्लेख गर्दै सूचना, प्रविधि र विज्ञानमा आधारित भएर सरकारले विपद व्यवस्थापनको कामलाई अघि बढाएको प्रधानमन्त्रीको भनाई थियो ।

एसिया प्रशान्त क्षेत्रका विपद व्यवस्थापनसम्बन्धि २६ मुलुकका प्रतिनिधिहरुको सहभागीता रहेको सो बैठक ३ दिनसम्म चल्नेछ । बैठकमा दिगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू