अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

अधिकारले टिपीएसको पक्षमा वकालत गर्दै ट्रम्प प्रशासन विरुद्ध मुद्दा लड्ने तयारी

विजय थापा २०७५ मंसिर १५ गते २३:०४ मा प्रकाशित

न्यूयोर्कको अधिकार संस्थाले अस्थायी सुरक्षित दर्जा(टिपीएस)उपयोग कर्ताका लागि स्थाई बसोबासको पक्षमा वकालत गर्दै ट्रम्प प्रशासन विरुद्ध लड्ने पूर्ण मानसिकता बनाई मुद्दा हाल्ने तयारी अवस्थामा पुगेको जनाएको छ । डिसेम्बर १ का दिन न्यु योर्कको अधिकार संस्थासँगको सहकार्यमा डिसी क्षेत्रकी अधिवक्ता बन्दिता शर्मा दाहालद्वारा विशेष महत्त्वपूर्ण टिपीएस कार्यक्रममा उक्त जानकारी अधिकारले जनाएको छ ।

अबको ३ हप्ता भित्र अधिकारले क्यालिफोर्नियाको अदालतमा टिपीएस सम्बन्धी काम गरी रहेका अन्य वकालत गर्ने सङ्घ/संस्थाहरूसँग मिलेर मुद्दा हाल्ने तयारीमा रहेको छ । अमेरिकन सिभिल लिबर्टीज युनियन दक्षिणी क्यालिफोर्नियाको शाखा निकै सशक्त रहेको छ । । सन् २०१५ देखि नै टिपीएस सम्बन्धी निरन्तर रूपमा काम गर्दै आएको अधिकार संस्था कि कार्यकारी निर्देशक पवित्रा बेन्जामिनले उक्त कुरा स्पष्ट पारिन ।

पवित्राले अगाडी भनिन अधिकार यो सुविधा प्राप्त कर्ताको सुरक्षा मात्र गर्न गर्ने नभई स्थाई रूपमा उनीहरू यहाँ बस्न पाउन भन्ने हाम्रो चाहना रहेकोले त्यसै अनुसार अधिकार लागि परेको जनाइन । उनले अगाडी भनिन जब सम्म हामी आवाज उठाउँदैनौ तब सम्म जनताका प्रतिनिधि सिनेट या प्रतिनिधि सभाले कुनै वास्ता नगर्ने बताइन ।

यसै गरी अधिवक्ता बन्दिता शर्मा दाहालले यो सुविधा उपभोग कर्ताले सङ्घीय सरकारलाई कर तिरेको हुन्छ भन्दै हामीहरू यो सुविधा लिनेको निम्ति निरन्तर सङ्घर्ष गरी रहेको र आवाज पनि उठाई रहेको भन्दै सबै एक जुट हुनु पर्ने बताइन । एकता भएमा सबै कुराहरू हाम्रै लागि हुने बताइन ।

यसै गरी वक्ताको रूपमा आमन्त्रित गरिएकी क्याथोलिक लिगल इमिग्रेसन नेटवर्ककी नीति तथा पहुचकि वकालत अधिवक्ता लिसा पारिसियोले नेपालको पक्षमा अस्थायी सुरक्षा निर्णय सम्बन्धी गरिएको निर्णय राजनैतिक निर्णय हो भनिन । उनले टिपीएस सम्बन्धी इतिहास बताउँदै जब यो सुविधा प्रारम्भमा लागु भएको समयमा अवधि तोकिँदैन थियो भनिन । उनले ट्रम्प प्रशासनले आक्रमण गरेको बताइन ।

अधिकारकी विकास तथा अनुसन्धान संयोजक आकृति खनालले प्रारम्भमा अधिकार संस्थाको परिचय दिएकी थिइन् । साथै उनले वक्ताहरूको सङ्क्षेपमा परिचय समेत गराएकी थिइन् । पवित्रा बेन्जामिनले नेपालको टिपीएस को इतिहास र वर्तमान अवस्था बारेमा जानकारी गराएकी थिइन् भने अधिवक्ता बन्दिता शर्मा दाहालले कानुनी कुराहरूमा बोलेकी थिइन् ।

कार्यक्रममा जिज्ञासा पनि राखिएको थियो भने कार्यक्रम सञ्चालन आकृति खनालले गरेकी थिइन् । विशेष गरी यस भेकमा थुप्रै टिपीएस सुविधा प्राप्त गर्नेहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई अझ निरन्तरता दिने उद्देश्यले आगामी जनवरी १२ या १९ का दिन डिसी महानगर क्षेत्रमा कार्यक्रम गर्ने तय भएको छ ।

साथै आगामी फेब्रुअरी १२- १३ मा हुने अस्थायी सुरक्षित दर्जा सम्बन्धी सिनेट ,प्रतिनिधि सभा तथा व्हाइट हाउसलाई दबाब तथा आफ्ना कुराहरू राख्ने उद्देश्यले नेसनल टिपीएस गठबन्धनको सहकार्यमा डिसीमा बृहत् भेला हुने भएकोले उक्त भेलामा सहभागी हुन् आग्रह गरिएको छ । यस सम्बन्धी कुनै पनि थप जानकारी चाहिएमा अधिकार सँग सम्पर्क गर्न आकृति खनालले बताइन ।

स्मरण रहोस् आगामी जुन २४ ,२०१९ देखि अस्थायी सुरक्षित दर्जा(टीपीएस)को अवधि समाप्त हुँदैछ ।

प्रतिक्रिया