अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 14:39

विपीको विद्रोह सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर ७ गते ८:४९ मा प्रकाशित

प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जीवनका विभिन्न पाटा र विद्रोहको स्वभाव तथा गतिविधि विश्लेषण गरिएको पुस्तक बीपीको विद्रोह सार्वजनिक भएको छ । पत्रकार जगत नेपालले लेखेको उक्त पुस्तकको आज काठमाण्डौंमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकार्पण गर्नुभएको हो ।

पुस्तकमा बीपीका राजनीतिक संर्घष, उहाँको विद्रोही सोच, तथा उहाँले झेलेका विभिन्न समस्याजस्ता विषय समेटिएको लेखक नेपालले बताउनुभयो । सार्थै पुस्तकमा बीपी आफैले सार्वजनिक नगरेका कतिपय घटनाक्रम तथा तथ्यहरुलाई एकत्रित गरी चिरफार गर्ने प्रयास गरिएको लेखक नेपालले दिनुभयो ।

पुस्तकमाथि पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक डा. हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा. ज्ञानु पाण्डे लगायतले टिप्पणी गर्नुभएको थियो । पुस्तकमा बीपीबारे समकालीनहरुको बुझाईलाई पनि समेटिएको छ ।

प्रतिक्रिया