अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

कोलोराडोमा पनि छक्का पन्जा ३ प्रदर्शन हुने

बिआरटीनेपाल २०७५ कार्तिक १९ गते १७:२२ मा प्रकाशित

नेपाल, अमेरिका तथा अन्य देशमा सफलता पूर्वक चलिरहेको चलचित्र ‘छक्का पन्जा ३’ अब कोलोराडोको डेनभर सहरमा पनि चल्ने भएको छ । अमेरिकाका अन्य शहरहरुमा दर्शकहरूले राम्रो साथ दिएको वितरक रायन रायले बिआरटी नेपाललाई जानकारी दिएका छन् ।

डेनभर स्थित युनाइटेड आर्टिस्ट थिएटर  (2000 S Colorado Blvd, Denver, CO 80222) मा आईतवार नोभेम्बर १८ मा अपरान्ह ५ बजे एक सो मात्र प्रदर्शन हुनेछ । अमेरिकाका अन्य विभिन्न सहरहरूमा समेत हाउस फुल भएको फिल्म छक्का पञ्जा ३ डेनभरमा समेत हाउस फुल हुने अपेक्षा गरिएको छ ।

फिल्म हेर्नका लागी २० डलर खर्चिनु पर्ने र अग्रिम बुकिङका लागी दिनेश कार्की (बोल्डर)-३०३-३३२-६१७८, पासाङ शेर्पा (लङ्मन्ट) ३०३-७७२-२०४४, माई इन्डिया (ब्रुमफिल्ड)३०३-४६६-०८००, शैलेश पोखरेल (अरोरा)-७२०-३१८-१५१५, मनिष थापा (डेनभर)- ७२० २९९८९२८ संग सम्पर्क गर्न सकिने छ । हलमा सिट सिमित भएको हुनाले अग्रिम संपर्क गर्न अनुरोध गरिएको छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको छक्का पञ्जा ३ मा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, संजोग कोइराला लगायतको अभिनय रहेको चलचित्र घटस्थापनाबाट प्रदर्शनमा आएको हो ।

 

 

प्रतिक्रिया