अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

विश्व बैंकको बिश्लेषणः नेपालको विकाशको नीतिगत सुधार सकारात्मक छैन

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते १०:२१ मा प्रकाशित

विश्व बैंकले विकासका लागि नेपालले गरेको नीतिगत सुधार अपेक्षा गरिएजस्तो सकारात्मक नरहेको बताएको छ । विश्व बैंकमा नेपाल निर्देशक चिमाओ फ्यानले आफूहरुले सरकारले गरेका नीतिगत परिवर्तन र सुधारलाई ध्यानपूर्वक हेरेर यस्तो निश्कर्ष निकालिएको बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा फ्यानले नेपाल सन् २०३० सम्म मध्यमस्तरको आय भएको मुलुक बन्ने भएकाले सरकार रेमिट्यान्समा भन्दा अन्तै केन्द्रित देखिएको बताउनुभयो ।

तर, सार्वजनिक स्रोत पर्याप्त नभएकाले निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले वताउनुभयो । विश्व बैंकले यसकै लागि जोड गरिरहेको बताउँदै निर्देशक फ्यानले विकासलाई गतिमा लैजान नेपालले आर्थिक र राजनीतिक वातावरण सुधार्नुपर्ने बताउनुभयो ।
लगानी आकार्षित गर्न पूर्वाधार, ठूलो बजार, तथा पारदर्शी र सहयोगी नीति आवश्यक रहेकोमा जोड दिँदै उहाँले सरकारले त्यसका लागि काम गर्नुपर्ने ठहर गर्नुभयो । विश्व बैंकले नेपाल भूराजनीतिक रुपमा अन्य देशभन्दा असहज अवस्थामा रहेको भन्दै यसैकारण नेपालले हिजो भन्दा राम्रो मात्रै हैन, अरुको भन्दा राम्रो ढंगले काम गर्नुपर्ने बताएको छ ।

कार्यक्रममा वोल्दै नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय ब्यापार युद्धले नेपालजस्ता मुलुकलाई परेको असरबारे विश्व बैंक नबोलेको गुनासो गर्नुभएको थियो । खतिवडाले निजी क्षेत्रको लगानीलाई परिचालन गरेर सरकार अघि बढ्ने पक्षमा रहेको भन्दै त्यसका लागि बाह्य लगानी आकर्षित गर्ने गरी कानुन र नीतिहरु परिमार्जन गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू