अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

पूर्व राष्ट्रपति रामबरण यादवद्वारा पेजेण्ट डाइरेक्टर निशु झा सम्मानित

सूर्य चन्द २०७५ कार्तिक ५ गते २१:३८ मा प्रकाशित

काठमाडौँ : नेपालमा लोकप्रिय हुँदै गएको सौन्दर्य प्रतियोगिताहरूलाई बिस्वस्तरिय बनाउने, सौन्दर्य व्यवसायीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने तथा उनीहरूलाई व्यावसायिक बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउन लामो समय देखि योगदान पुर्‍याउनै आएका पेजेण्ट डाइरेक्टर निशु झा सौन्दर्य प्रतियोगिताको माध्यम मार्फत मुलुकलाई आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउनै आएका व्यक्तित्वको रूपमा मुलुकभर परिचित छन् । उनको यही योगदानको उच्च मूल्याङ्कन गर्दै तथा नेपाली कलाकारिता क्षेत्रलाई पुर्‍याएको विशेष योगदानको कदर स्वरूप शिखर नेपालले उनलाई सम्माननीय पूर्व राष्ट्रपति रामबरण यादवको हातबाट शिखर सम्मान- २०७५ बाट सम्मानित गरेको थियो ।

लामो समयदेखि नेपालमा सौन्दर्य प्रतियोगिता मार्फत विभिन्न उमेर समूहका व्यक्तिहरूको प्रतिभाहरूलाई प्रस्फुटन गर्न पुर्रयाएको योगदानको कदर गर्दै उनलाई विशेष सम्मान गरिएको थियो ।

पेजेण्ट डाइरेक्टर झाको निर्देशनमा बालबालिका, युवा, युवती र विवाहित महिलाहरूसँग सम्बन्धी सौन्दर्य प्रतियोगिता हुँदै आएको छ । रिबन इन्टरनेटमेन्ट र स्टार वन इन्टरनेटमेन्टका इभेन्ट निर्देशक रहेका झा नेपालमा राम्रो सौन्दर्य प्रतियोगिता गर्ने व्यक्तिमा पर्दछन् ।

सन् २००८ बाट उनी इभेन्ट उनी म्यानेजमेन्टमा तर्फ उन्मुख भए उक्त समय उनीसँग ‘परम्परा, संस्कृति र मोडल अफ द इयर विथ मिस इन्डिया’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको अनुभवहरू संगालेर उक्त अनुभवले इभेन्ट म्यानेजमेन्टको पहिलो पाइलामै सफलता हात पार्न सफल समेत भएका थिए । त्यही भएर उनले सन् २०१३ मा रिबन इन्टरटेनमेन्ट प्रालि सुरु गरे, जुन कम्पनीले अहिले वर्षमा दर्जनौँ भन्दा बढी उत्कृष्ट सुन्दरीहरू उत्पादन गर्दै आएको छ भने नेपालमा प्रतिष्ठित पेजेण्ट डाइरेक्टरको रूपमा समेत उनलाई परिचित गराएको छ । अहिले उनले उत्पादन गरेका सुन्दरीहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गरेर ताज जित्न सफल भएका छन् भने रिबन इन्टरटेनमेन्ट प्रालि तथा पेजेण्ट डाइरेक्टर निशु झाको चर्चा चुलिँदो रूपमा छ ।