अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

शिक्षामा आमुल परिवर्तन आवश्यकः शिक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ कार्तिक ३ गते ७:५८ मा प्रकाशित

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको वताउनुभएको छ । शनिबार महोत्तरी जिल्लाको गौशालामा आयोजित एक कार्यक्रममा उहाँले शिक्षाले उत्पादन मात्रै गर्ने गरेकोले यसलाई परिमार्जन गर्न जरुरी रहेको वताउनुभयो । मन्त्री पोखरेलले शिक्षालयको रुपमा रहेको विश्वविद्यालय अर्थात उद्योगको नीति नै त्रुटिपूर्ण रहेको उल्लेख गर्दै कमजोर विद्यार्थीलाई शिक्षण पेशामा संलग्न गराउने तथा भर्ना लिने विश्वविद्यालयको नीतिलाई नै परिवर्तन गरेर शिक्षामा आमूल परिवर्तनको आवश्यक रहेको वताउनुभएको हो ।

शिक्षक शिक्षणकला महत्वपूर्ण पाटो भएकोले शिक्षकले आफ्नो जागिरे मानसिकता त्यागेर शिक्षण पेशालाई अँगाल्न आवश्यक रहेको उहाँको भनाई थियो । राजनीतिक आन्दोलनबाट देशमा आमूल परिवर्तन भए जसरी नै शिक्षणमा समेत शिक्षा आन्दोलनबाट आमूल परिवर्तनको खाँचो रहेको पोखरेलले वताउनुभयो ।

शिक्षाको पुरानो शिक्षा पद्धतिलाई पनि भत्काएर नयाँ शिक्षण पद्धति अगाँल्नुपर्ने बेला आईसकेकाले देशमा ७ लाख शिक्षण पेशाको लाईसेन्स लिएर बसेकालाई समायोजन नहुन्जेल सम्मका लागि शिक्षा शास्त्रको अध्ययन अध्यापन रोक्नुपर्ने मन्त्री पोखरेलको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू