अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

कोलोराडोको अरोरा सहरमा पहिलो पटक अरोरा हिमालयन लाइन्स क्लब गठन

बिआरटीनेपाल २०७५ असोज १५ गते १८:०३ मा प्रकाशित

कोलोराडोको अरोरा सहरमा पहिलो पटक अरोरा हिमालयन लाइन्स क्लब गठन गरिएको छ । कपिल देव सुबेदीको सभापतित्वमा गठन गरिएको क्लब हिजो आइतबार सेप्टेम्बर ३० तारिखको दिन अरोरा सहरको टेमरिन रेस्टुरेन्ट दुईमा अरोरा हिमालयन लाइन्स क्लब चार्टर नाइट समारोह आयोजना गरी शुभारम्भ गरिएको छ । 

लाइन्स गभर्नर रिक आर्गोट सिङर र अध्यक्ष कपिल सुवेदीले रिबन काटेर कार्यक्रमको सुरुवात गरिएको थियो । त्यसपछि नेपाल तथा अमेरिकाको राष्ट्रिय गान बजाइएको थियो साथै झन्डाको अभिवादन पनि गरिएको थियो । कार्यक्रममा परिक्रमा चौलागाईं र ऐश्वर्या भुजेलले नृत्य प्रस्तुत गरेका थिए । अरोरा हिमालयन लाइन्स क्लबका उप सभापति सत्रुघन गौतमद्वारा सञ्चालित कार्यक्रममा अध्यक्ष कपिल सुबेदीलाई लाइन्स गभर्नर रिक आर्गोट सिङरबाट शपथ ग्रहण गराइएका थिए ।

कार्यक्रममा महिला १३ जना तथा पुरुष १९ गरी जम्मा ३३ जना अरोरा हिमालयन लाइन्स क्लब नयाँ मेम्बरलाई लाइन प्रमोद श्रेष्ठ तथा लाइन जोसन श्रेष्ठबाट प्रमाण पत्र तथा पिन प्रदान गरेका थिए ।

अरोरा हिमालयन लाइन्स क्लबको तर्फबाट लाइन्स गभर्नर रिक आर्गोट सिङर, लाइन प्रमोद श्रेष्ठ र लाइन जोसन श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा क्लबको उत्तर उत्तर प्रगतिको शुभकामना गभर्नर सिङर, लायन्स श्रेष्ठ र नेपाली घरका अध्यक्ष लछुमन राणाले दिएका थिए ।

कार्यक्रमको अन्तमा अध्यक्ष सुवेदीले राजनैतिक प्रकृयाबाट वा सामरिक शक्तिबाट निर्माण हुने संस्थाहरुका अलावा सेवाका उद्देस्यले मात्र गठित संस्थाहरु पनि मानव समाजमा सभ्यताको प्रादुर्भावमै अस्तित्वमा आएका हुन् । यसको अस्तित्व आज पनि छ । आज संसारमा भएका परोपकारी संस्थाहरू मध्य लायन्स क्लब संसारभरि फैलिएको र ठुलो मध्य एक हो । यसले संसारका विभिन्न देशहरूमा वार्षिक लाखौँको सहयोग गर्दछ भनेर भने । 

उनले थप्दै भने, यसै सन्दर्भमा कोलोराडोको उपनगरी अरोरामा अरोरा हिमालय लायन्स क्लब हामीले गठन गर्‍यौ । यसको प्रमुख उद्येस्य यो क्लबको चार्टरमा घोषणा गरिएका मानव परोपकारका विषयहरू नै हुन् । नेपालीहरूको बाहुल्यता रहेको यस क्लबको गठनले नेपालीहरूले हालै मात्र महाअभियानको रूपमा थालेको नेपाली सामुदायिक भवन निर्माण गर्ने कार्यलाई यस कलमबाट पुग्न सक्ने सम्भावित सहयोगको अपेक्षा पनि हो । इशाबास्य मिदमं सर्व यत्किञ्च्यम् जगतोम जगतको उपनिषद वाणीको सार अर्थ पनि यही हो । नेपालीहरूले परदेशलाई आफ्नो घर बनाउनु पर्ने बाध्यतालाई यहाँको समाजमा घुलमिल हुन सहयोग पुर्‍याउने यस्ता गतिविधीहले ठुलो सहयोग पुर्याउछ । यस्ता कुराहरूमा हामी चिन्तनशील हुनु र एक कदम अघि बढ्नु आवश्यक छ भन्ने कुरामा मेरो दृढ मत छ । 

अन्य फोटोहरु

प्रतिक्रिया