अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

सरकारलाई चौतर्फी घेराबन्दी गर्ने षड्यन्त्र – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:३१ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा वादलले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको वताउनुभएको छ । शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गृहमन्त्री थापा बादलले सरकारले राम्रो काम गर्दा घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको जिकिर गर्नुभयो ।

वर्तमान सरकारले देशलाई सम्बृद्ध बनाउन र सुशासन कायम गर्न काम गरिरहेको दावी गर्दै मन्त्री थापाले भ्रष्टहरुलाई कारबाही गर्ने, बलात्कारीहरुलाई कारबाही गर्ने, तस्कर र ठगहरुलाई कारबाही गरिरहेको हुनाले सरकारलाई गिराउने भनेर षड्यन्त्र भइरहेको उहाँको दावी थियो ।

बलात्कारहरुलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले आत्मसुरक्षाको मामिलामा महिलाहरु पनि जागरुक हुनु पर्ने आवश्यकता औल्याउनुभयो । जनस्तरमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेकोतर्फ संकेत गर्दै मन्त्री थापाले सो आवाज सदनमा पनि उठ्नु पर्ने वताउनुभयो । जनता र सरकार मिले मात्रै बलत्कारका अपराधीलाई कठोर भन्दा कठोर सजाय दिन सकिने उहाँको ठहर थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू