अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

अनेसास, कोलोराडो च्याप्टर निर्वाचन समिति २०१८ निर्वाचन सम्बन्धी अत्यन्त जरुरी सूचना

बिआरटीनेपाल २०७५ भदौ ३१ गते १४:४३ मा प्रकाशित

आदरणीय सदस्य महानुभावहरू,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको वर्तमान कार्यसमितिले सो कार्य समितिको पदावधि निकट भविष्यमा पूरा हुन लागेकोले अनेसास कोलोराडो च्याप्टरको विधान, २०१२ बमोजिम नयाँ कार्य समितिको निर्वाचन प्रक्रिया सम्पन्न गरी आगामी लक्ष्मी जयन्तीको उपलक्ष्यमा आयोजना हुने साहित्यिक कार्यक्रममा नवनिर्वाचित कार्य समितिको शपथ एवं पद हस्तान्तरण गर्ने गरी यस निर्वाचन समितिलाई जिम्मेवारी प्रदान गरिएको व्यहोरा जानकारी गराउँदछौँ । अनेसास कोलोराडो च्याप्टरको इतिहासमा चौथो पटक सम्पन्न हुन गइरहेको यो निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित तरिकाले तोकिएको समयमै सम्पन्न गर्ने विश्वास दिलाउन चाहन्छौँ । यो निर्वाचन प्रयोजनको लागि निर्वाचन समितिको पहिलो पूर्ण बैठकले सर्वसम्मतिले निम्न “निर्वाचन आचार संहिता र नियमावली” पारित गरी लागु गरेको व्यहोरा सबै सदस्य महानुभावहरूको जानकारीको लागि अनुरोध छ ।

अनेसास कोलोराडो च्याप्टरको निर्वाचन आचार संहिता र नियमावली २०१८

क) मतदाताको योग्यता सम्बन्धमा:
१) अनेसास कोलोराडो च्याप्टरको निर्वाचनमा मतदाता हुन मतदान हुने दिन सो च्याप्टरको सदस्यता(आजीवन/साधारण दुवै) लिएको कम्तीमा ३ महिना पुगेको र कम्तीमा ३ महिना अघि देखि कोलोराडोमा बसोबास गर्दै आएको हुनुपर्ने छ ।

२) निर्वाचन समितिले अनेसास कोलोराडो च्याप्टरबाट प्राप्त सदस्यहरू र ती मध्ये बाट योग्य मतदाताहरूको नामावली प्रकाशन गर्नेछ ।

३) मतदाताले अनिवार्य रूपमा आफ्नो इमेल ठेगाना रुजु गरी inlscoloelection2018@gmail.com मा आफ्नो पुरा नाम र इमेल ठेगाना पठाउनु पर्नेछ। आफ्नो इमेल ठेगाना रुजु गरी तोकिएको समय भित्र निर्वाचन समितिलाई जवाफ नपठाएमा निर्वाचन समितिले मतदान गर्नबाट वञ्चित गर्नेछ ।

४) मतदाताको आधिकारिक इमेल बाहेक अन्य माध्यमबाट आएका मतको कुनै मान्यता हुने छैन ।

५) निर्वाचन समितिले मतदान भएका इमेलहरूको प्रमाणीकरण गर्नेछ । प्रमाणित नभएका इमेलहरूको मान्यता रहने छैन ।

६) निर्वाचन समितिले मतदाता नामावली सम्बन्धी कुनै पनि विवादको बहुमतको आधारमा निर्णय गर्ने छ ।

ख) उम्मेदवारी दर्ता गर्ने, फिर्ता लिने र दाबी विरोध गर्ने सम्बन्धमा:
१) इच्छुक व्यक्तिहरूले inlscoloelection2018@gmail.com मा इमेल पठाई उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यो बाहेक अरू माध्यमबाट पठाइएको उम्मेदवारी मान्य हुने छैन । समूहमा इमेल पठाई दर्ता गरिएको उम्मेदवारी र तेस्रो व्यक्तिले दर्ता गरिदिएको उम्मेदवारी मान्य हुने छैन । प्रत्येक उम्मेदवारले आफ्नै आधिकारिक इमेलबाट उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

२) उम्मेद्वारहरुले निर्वाचन समितिले तोकेको दिनको राती ११:५९ बजे भित्रमा आफ्नो उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ ।
३) एउटा व्यक्तिले एउटा पदको लागि मात्र उम्मेदवारी दिन पाउने छ ।

४) निर्वाचन समितिले तोकेको मितिमा उम्मेद्वारहरुको पहिलो नामावली प्रकाशन गर्नेछ ।

५) नामावली प्रकाशन भएपछि तोकिएको मिति भित्र कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी माथि लेखिएको इमेलद्वारा लिखित रूपमा फिर्ता लिन सक्नेछ ।

६)उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन भएपछि उम्मेद्वारहरुको उम्मेद्बारीमा दाबी विरोध परेमा निर्वाचन समितिले छानबिन गरी निर्णय गर्नेछ ।
७) परेका दाबी विरोधहरूको छानबिन पछि निर्वाचन समितिले उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

८) यदि एउटै पदमा एक भन्दा बढी उम्मेदवार परेको खण्डमा निर्वाचन समितिले इमेलको माध्यमबाट मतदान हुने गरी चुनाव गर्नेछ ।
९) मतदान हुने भएमा सो सम्बन्धी विस्तृत विवरण निर्वाचन समितिले पछि जानकारी गराउने छ ।

ग) उम्मेदवारी सम्बन्धमा:
१) अध्यक्ष बाहेक चुनावी उम्मेदवारहरू कम्तीमा कोलोराडोमा ३ महिना अघि देखि बसोबास गर्दै आएको र कम्तीमा ३ महिना अघि देखि अनेसास कोलोराडो च्याप्टरको सदस्यता प्राप्त गरेको हुनुपर्नेछ ।

२) अध्यक्षको उम्मेदवारी पदको लागि कम्तीमा कोलोराडोमा दुई वर्ष अघि देखि बसोबास गर्दै आएको र कम्तीमा दुई वर्ष अघि देखि अनेसास कोलोराडो च्याप्टरको सदस्यता भएको हुनुपर्नेछ । लगातार दुई पटकसम्म अध्यक्ष भइसकेको व्यक्तिले तेस्रो कार्यकालको लागि उम्मेदवार दर्ता गर्न पाउने छैन ।

३) निर्वाचन समितिले उम्मेदवारी हुन पाउने नपाउने कुराको छानबिन गरी अन्तिम निर्णय गर्नेछ ।

घ) निर्वाचन कार्यविधि:
१) निर्वाचन समितिले सूचना प्रकाशित गरी तोकेको मितिमा निर्वाचन सम्पन्न हुनेछ ।

२) अनेसासको विधान बमोजिम अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ६ जना सदस्यहरूको पदहरूमा चुनाव हुनेछ ।
३) निर्वाचन समितले योग्यता प्रमाणित गरी नाम प्रकाशित भएका उम्मेद्वारहरूविच मात्र निर्वाचन गर्नेछ ।

४) सामान्य बहुमतबाट उम्मेदवारहरू विजेता घोषणा हुनेछन् । यदि बराबरी मत भएमा निर्वाचन समितिको निगरानीमा गोला प्रथाबाट विजेता चुनिने छ ।

५) चुनाव भएकै दिनमा निर्वाचन समितिबाट विजयी उम्मेदवारहरूको घोषणा हुने छ ।

ङ) निर्वाचन कार्य तालिका:
१) मतदाता नामावली प्रकाशन:सेप्टेम्बर १८ ,२०१८

२) मतदाता नामावली माथि दाबी विरोध गर्ने: सेप्टेम्बर २० ,२०१८ देखि सेप्टेम्बर २१ ,२०१८
३) दाबी विरोध छानबिन गरी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने: सेप्टेम्बर २३ ,२०१८
४) उम्मेदवारी पेस गर्ने: सेप्टेम्बर २५ ,२०१८ देखि सेप्टेम्बर २६ ,२०१८
५) उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने: सेप्टेम्बर २८, २०१८

६)उम्मेदवारी फिर्ता लिने: सेप्टेम्बर २९, २०१८ देखि सेप्टेम्बर ३० ,२०१८
६) उम्मेद्वारहरुमाथि दाविबिरोध पेस गर्ने: अक्टोबर १ ,२०१८ देखि अक्टोबर २ ,२०१८
७) उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन: अक्टोबर ६ ,२०१८
८) निर्वाचन: अक्टोबर २७ र अक्टोबर २८ ,२०१८

९) कुनै पदमा एक भन्दा बढी उम्मेदवार भई मतदानद्वारा निर्वाचन हुने भएमा सो सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ ।

भवदीय,
विनोद राज त्रिपाठी(संयोजक)
मुकुन्द अधिकारी (सदस्य)
शुरेश चन्द्र प्रधान (सदस्य)

निर्वाचन समिति २०१८
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टर
Email: inlscoloelection2018@gmail.com

मिति: सेप्टेम्बर १५,२०१८

प्रतिक्रिया