अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

लिवियामा सरकारमै संलग्न प्रतिस्पर्धी समूहबीच भीडन्त, २७ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ १५ गते ९:३२ मा प्रकाशित

लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सरकारमै संलग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् । झडपमा मृत्यु भएका लडाकू र घाइतबारे स्वास्थ्य लिवियाको मन्त्रालयले पुष्टि गरेको छ ।

गत सोमबारदेखि बुधबारसम्म भएका छुट्टा छुट्टै घटनामा उनीहरुको मृत्यु भएको समाचारमा जनाएको छ । दक्षिण पूर्वी त्रिपोलीको आइनजारा नजिकै भएका झडपमा संयुक्त राष्ट्रसङ्घबाट समर्थन प्राप्त राष्ट्रिय सहमतिको सरकारमा आवद्ध दुई समूह नै संलग्न रहेको सुरक्षा स्रोतले जनाएको छ ।

त्रिपोलीबाट दक्षिणपूर्वमा रहेको तरहुना शहरको उक्त दस्ता ‘तथाकथित सातौँ ब्रिगेड’ले सुरक्षाकर्मीमाथी आक्रमण शुरु गरेपछि त्रिपोलीमा तनाव आएको भएपनि उनीहरूबीच सम्झौता भएको लिबियाका गृहमन्त्री अब्देसलाम असौरले जानकारी दिनुभयो । लामो समयसम्म शासन चलाएका मोहम्मर कद्दाफिलाई सन् २०११ मा लिबियाको राजधानीबाट आन्दोलनको बलमा हटाइएपछि त्रिपोलीमा विभिन्न लडाकू दस्ताबाट पटकपटक आक्रमण प्रयासहरू भएका छन् ।

गत बर्ष पनि सरकार पक्षधर समूहले केही अन्य प्रतिस्पर्धी समूहमाथि आक्रमण गरी उनीहरूलाई लिवियाबाट खेद्न सफल भएका थिए । उक्त क्रममा दर्जनौं मानिसको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू