अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

डेमोक्र्याट्सले जिते आफ्ना नीतिहरु उल्ट्याइदिने ट्रम्पको आशंका

बिआरटीनेपाल २०७५ भदौ १३ गते ९:२३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्र्याट्सले जिते आफ्ना नीतिहरु उनीहरुले जबर्जस्ती उल्ट्याइदिने वताउनुभएको छ । उहाँले अभिव्यक्ति स्वतन्त्रता र धर्मको सम्बन्धमा पनि निर्वाचन जनमतसंग्रह जस्तै हुने वताउनुभयो । ट्रम्पले चुनावमा हिंसा मच्चाउहरुले चुनौती दिनसक्ने ठहर गर्नुभएको छ । क्रिस्चियन समुदायलाई सहयोगको आह्वान गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले सबैथोक गुमाउनुअघि एक भोट रहेकामा सचेत हुनुपर्ने वताउनुभयो ।

मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको लोकप्रियता जाँच्ने कसीका रुपमा समेत हेरिएको छ । यता, क्रिस्चियन धर्मका नेताहरुसँग ‘ह्वाइट हाउस’मा ट्रम्पले गरेको वार्ताको अडियो टेपसमेत सार्वजनिक भएको छ । कुराकानीका क्रममा ट्रम्पले उनीहरु भयंकर शक्तिशाली रहेको भन्दै मध्यावधि निर्वाचन उनीहरुको धर्मका लागि पनि जनमत संग्रहजस्तै भएको वताउनुभएको छ ।

आफ्ना पूर्ववर्ती वकिल र चुनावी अभियानका पूर्वप्रमुख चुनावी अभियानसँग जोडिएका मुद्दामा दोषी पाइएपछि ट्रम्प अहिले नकारात्मक प्रचारसँग जुधिरहनुभएको छ । अमेरिकाको प्रतिनिधिसभाका सबै ४३५ सिट, १०० सिट रहेको सिनेटको ३५ सिट, ५० ओटा राज्यका गभर्नरमध्ये ३६ गभर्नर र स्थानीय निकायहरुका लागि मध्यावधि निर्वाचन हुँदैछ । सत्तारुढ रिपब्लिकनको अहिले संसदको दुवै सदनमा बहुमत छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू