अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

डेनभरमा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेको एकल साँझ हुँदै

बिआरटीनेपाल सम्वाददाता, कोलोराडो २०७५ साउन २० गते १०:२१ मा प्रकाशित

एनआरएन कोलोराडो च्याप्टर तथा एनआरएन हेल्प डेस्कको संयुक्त आयोजनामा कोलोराडोको वेष्टमिनस्टर सहरमा लोक दोहरि गायक पुरुषोत्तम न्यौपानेको यही अगस्त १८ शनिवार एकल साँझ हुँदैछ । एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष डा. सुनिल शाहको प्रमुख आतिथ्यमा हुने यस कार्यक्रमबाट उठेको रकम खर्च कटाएर भर्खरै सडक दुर्घटनामा घाइते भएका विद्यार्थी मनोज पन्तलाई सहयोग गरिने भएको हुँदा कोलोराडोवासी नेपालीहरू उक्त कार्यक्रममा सहभागी हुन एनआरएन हेल्प डेस्कका केन्द्रीय सदस्य तथा यस कार्यक्रमका संयोजक वासुदेव खनालले हार्दिक अनुरोध गरेका छन् ।

२०४६ सालबाट औपचारिक सङ्गीत यात्रा सुरु गरेका गायक न्यौपानेका अमेरिकावासी नेपाली प्रंशसकले उनको एकल साँझलाई उत्साहका रूपमा लिएका छन् । वेष्ट मिनिस्टर स्थित याक एण्ड यति रेस्टुरेन्टमा चल्ने उनको प्रस्तुति हेर्नका लागि आयोजकहरूले १५ डलर प्रवेश शुल्कको व्यवस्था गरेका छन् । उक्त १५ डलरमा निःशुल्क खानाको पनि व्यवस्था गरिएको छ ।

तीजको सँघारैमा गायक न्यौपानेको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित हुनुको अर्को पक्ष यो पनि हो की गायक पुरुषोत्तम न्यौपाने नै हुन् जसले तीजका गीतमा पनि पुरुषले गाउन सक्छन् भनेर आफैँले सुरुवात गरे । त्यो हुँदा उनको यो प्रस्तुतिमा तिज गीतहरू पनि गाइने छ । त्यसैले नजिकै आउन लागेको तीजको शुभ सन्ध्यामा सम्पूर्ण महानुभावहरू विशेषतः दिदीबहिनी, आमाहरूमा उपस्थित भई नाचगान गर्दै सुख दुख: साटासाट गर्न एन आर एन कोलोराडो च्याप्टर उपाध्यक्ष तथा हेल्प डेस्क कोलोराडो संयोजक कुमार जङ्ग कार्कीले हार्दिक अनुरोध गरेका छन् ।

उक्त साङ्गीतिक साँझ २०१८ को प्रत्यक्ष प्रसारण अनलाइन मिडिया बिआरटी नेपाल डटकमबाट हुने भएकाले कार्यक्रममा उपस्थित हुन नपाउनेहरूले पनि उनको एकल साँझ हेर्न पाउने छन् । यस कार्यक्रमको प्रायोजन याक एन्ड यती रेस्टुरेन्टले गरेको छ ।

कार्यक्रमबारे थप जानकारी
शनिवार अगस्त १८, २०१८ साँझ ६ बजे

Venue:
Yak & Yati Restaurant
8665 Sheridan Blvd,
Westminster, CO 80003

प्रवेश: $१५ (with Dinner)

प्रतिक्रिया