अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

भियतनाममा सडक दुर्घटनामा एकै परिवारका १४ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ साउन १४ गते ८:४९ मा प्रकाशित

मध्य भियतनाममा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ जनाको मृत्यु भएको छ । विवाहको पार्टीका लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुलासमेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनामको क्वाङ नाम भन्ने स्थानमा भएको दुर्घटनामा बेहुलासहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको हो ।

उनीहरु सोमबार बिहान २ः३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए । प्रहरीले घटनाकाबारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ । गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष सो संख्या ८ हजार ६०० रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू