अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

तयारी बैठकमा सियाटल पुग्दा

ध्रुव कुँवर २०७५ साउन ८ गते १:०१ मा प्रकाशित

टेक्ससबाट १७ सय माइलको ड्राइभमा सानफ्रनसिस्को आउँदाको थकाई नमर्दै सियाटल जानै पर्ने बाध्यता थियो । नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको छौटौं अधिवेशन तथा १२ औँ साधारण सभाको संयोजक भएकाले सियाटलको तयारी मिटिङ मेरा लागि झनै महत्त्वपूर्ण भयो । त्यस क्षेत्रमा नेजाका सक्रिय सदस्य नभएका कारण स्थानीय समुदायसँग घुलमिल गरेर कार्यक्रम सफल बनाउने ध्याउन्न बाहेक आयोजकलाई अरू के नै हुन्छ र ? तयारी मिटिङमा नेजाका महासचिव तोया दाहाल सानहोजे र कोषाध्यक्ष शैलेश पोखरेल डेनभरवाट जुन २४ तारिख बिहान सियाटल पुग्दै हुनुहुन्थ्यो ।

मैले सानफ्रानसिस्कोवाट सियाटलका लागि युनाईटेड एयरलाइन्समा टिकट लिए । शैलेश जी र म महासचिव दाहाल भन्दा केही घण्टा अगाडि सियाटल स्थित टकोमा विमानस्थलमा उत्रियौँ । शैलेशजिले विमानस्थलमै गाडी भाडामा लिनु भयो । त्यही गाडी लिएर हामी तोया जी लाई पिकअप गर्न पुग्यौँ । तयारी मिटिङ दिउसो ४ बजे भएका कारण हामीसँग ३ घण्टाको समय बचेको थियो । गाडी सडकतिर हुइकदै गर्दा बैठक अगाडि सियाटल सोसाइटीका संस्थापक अध्यक्ष मोहन गुरुङ र वाणिज्य दूत एसी शेर्पासँग भेट गर्ने सल्लाह गर्‍यो । उहाँहरूलाई फोन गरियो । दुवैको फोन उठेन । त्यसपछि पशुपति पाण्डेलाई फोन लगाइयो । पाण्डेजी नेपाली भाषा कक्षाका विद्यार्थी र अभिभावकको पिकनिकमा सहभागी हुन जाँदै हुनुहुँदो रहेछ । हामी त्यहाँ गएर उहाँ र अरू नेपाली समुदायका व्यक्तिहरूसँग भेट्ने निधो गर्‍यौ । आफ्ना केटाकेटी सहित एसी शेर्पा पनि त्यही हुनुहुँदो रहेछ । मोहन गुरुङ पनि त्यही आउने कुरा सुन्यौँ । नेपाली भाषा कक्षाका संयोजक प्रकाश धमला, अभिभावकहरू पशुपति पाण्डे, सुवास गौतम,जितेन्द्र श्रेष्ठ, रुपक सन्जेल, सुशील बोगटी लगायत थुप्रैसँग भेट घाट र चीन गर्ने मौका मिल्यो ।

पिकनिकमा उपस्थितहरूलाई एकीकृत गरेर प्रकाश धमलाले नेजाको परिचय र अधिवेशन किन सियाटलमा गर्न लागियो भन्ने प्रस्ट गर्न मौका दिनु भयो । मौकालाई सदुपयोग गर्दै महासचिव तोया दाहालले नेजा २००७ मा विधिवत रूपमा अमेरिकामा स्थापन भएको गैर नाफामुलक संस्था भएको जानकारी गराउनु भयो । साथै नेजाले लामो समय न्यु योर्क, डिसी मेट्रा क्षेत्रमा धेरै अधिवेशन र कार्यक्रम गरेको चर्चा गर्दै पछिल्ला कार्यक्रमहरू अमेरिकाका विभिन्न सहरमा गर्दै नेपाली समुदायसँग नेजालाई जोड्दै जाने घोषित नीति अनुसार नै यस पटक सियाटल आइपुगेको बताउनु भयो । नेजाले एक वा एक भन्दा बढी पटक अधिवेशन र साधारण सभा गरेका सहरलाई कम प्राथमिकतामा राख्दै नेपाली समुदायको राम्रो उपस्थिति रहेका नयाँ सहरमा जाने सन् २०१४को साधारणसभावाट पारित नीतिलाई कार्यान्वयनमा ल्याइएको प्रस्ट पार्नु भयो । त्यसै अनुरूप टेक्ससको ह्यूष्टन, कोलोराडोको डेनभर, क्यालिफोर्नियाको लसएन्जलसमा समुदायकै सहयोगमा कार्यक्रम भइसकेको जानकारी पनि दाहालले गराउनु भयो ।

प्रकाश धमला लगायतले नेपाली समुदायसँग जोडिने नेजाको प्रयास स्वागत योग्य रहेको भन्दै नेजाको सियाटलको अधिवेशन सफल गर्न सहयोग गर्ने बचन दिनु भयो । शैलेशजि अधिवेशनका लागि सहयोग माग्ने र समाचारको विषयवस्तु पहिलाउने कामसँगसँगै गर्दै हुनुहुन्थ्यो । हामी ४ बजे गोरखा दरबारमा राखिएको कार्यक्रम पुग्नु पर्ने भएकाले नेजाको अधिवेशन उद्घाटनमा सवैजनालाई सहभागी हुन निम्ता गर्दै त्यहाँबाट छुट्यौँ ।

मनिष ढकालले नेपाली नाम दिएर चलाउनु भएको रेस्टुरेन्ट गोरखा दरबार पुग्दा दुईजना भलादमी र एक जना वयोवृद्धलाई भेटायौँ । दशरथ वुढाथोकी र बुद्धि कुँवर हाम्रै तयारी मिटिङमा सहभागी हुन आउनु भएको रहेछ । अरू सहभागीलाई कुर्दै हामी रेस्टुरेन्टको कुनामा बसेर गफिन थाल्यौ । केही क्षणमा नै बुद्धि र दशरथ वुढाथोकीले तपाइहरू कुन पार्टीको पत्रकार भनेर प्रश्न तेस्र्याउनु भयो । हामीले नेजा अमेरिका र नेपालका कुनै पनि पार्टीसँग आबद्ध नभएको र कुनै साइनो नरहेको बतायौँ । उहाँहरूले नेपालमा काँग्रेस, एमाले राप्रपा सबै निकट पत्रकारहरूको समूह र संस्था रहेकाले यहाँहरू कुन समूहको नजिक भन्दै प्रश्न दोहो¥याउने तेहेर्याउने क्रम जारी राख्नु भयो । राजनीतिक प्रभाव र सम्बन्ध नेजामा नरहेको बताएपनि उहाँहरू त्यसैको पेरिफेरिमा जिज्ञासा राख्नु भयो ।

नेजा अमेरिकामा दर्ताभएको गैह्र राजनीतिक र नाफामुलक संस्था भएको जानकारी गरायौँ । कतिपय महत्वकांक्षि व्यक्तिहरूले आफ्नो दुहुनु संस्था भित्र सोझ्याउन नपाउँदा कित्ताकाट गर्ने, अनेकन आरोप लगाउने र समाजका अगुवाहरूलाई दिगभ्रमित गर्न काम त गरेका होइनन् भन्ने हामीलाई शङ्का लाग्यो । तर नेजा राजनीतिक प्रभाव भन्दा बाहिर रहेका कारण उहाँहरूले जोसुकैसँग बुझ्दा पनि हाम्रो भन्दा फरक जवाफ पाउने ठाउँ थिएन । गैह्र राजनीतिक संस्थाका कामलाई सहयोग गर्ने बचन दिँदै उहाँहरूले नेजाको अधिवेशनका सबै तयारीका काम पुरानो संस्था नेपाल सियाटल सोसाइटी मार्फत अगाडि बढाउन सुझाव दिनु भयो ।

केही समयमा तयारी बैठक सुरु भयो । संस्थाको उद्देश्य, लक्ष र अधिवेशन तयारीका लागि चाहिने सहयोगका बारेमा हामीले प्रस्ट कुरा राख्यौँ । नेपाल सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीले संस्थागत र समुदायको सहयोगका लागि संस्थालाई औपचारिक हिसाबले पत्राचार गर्न आग्रह गर्नु भयो । त्यस्तै नेपाल सियाटल सोसाइटीका संस्थापक अध्यक्ष साथै वासिङ्टन स्टेटका आयुक्त मोहन गुरुङले पत्रकारहरूको अधिवेशनलाई सियाटलमा स्वागत गर्न आफूहरू तयार रहेको बताउनु भयो । व्यक्तिगत र संस्थागत दुवै सहयोगका लागि लाग्न पनि उहाँले सुझाव दिनु भयो । त्यसै गरी वाणिज्य दूत एसी शेर्पाले क्यानडा र अमेरिका भरिका पत्रकारहरू सियाटल आउने अवसरको ढोका खोलिदिएकोमा नेजालाई धन्यवाद दिँदै संस्था र व्यक्ति व्यक्तिबाटै सहयोग जुटाउँदै अधिवेशन सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो तर्फबाट सक्दो सहयोग पु¥याउने बचन समेत दिनु भयो । सुरु देखिनै हरत रहले सहयोग गर्दै आउनुभएका पशुपति पाण्डे, सोम प्रसाद घिमिरे, दशरथ वुढाथोकी मनिस ढकाल, गणेश सिवाकोटी, बुद्धि कुँवरले सहयोग गर्ने तत्परता देखाउनु भयो ।

मिटिङ पछि लन्च लिएयर सबै जना आ–आफ्नो बाटो लागेऊ । साँझ मोहन दाइको मिठो गफमा रात छिपिएको थाहै भएन । स भोलि पल्ट बिहान काठमाडौँ पोस्टका पुराना पत्रकार सोमनाथ घिमिरेको घरमा पुगियो । उहाँले पत्रकारहरू सियाटलमा आउन लागेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले मिलेसम्म आफ्नै घरमा नभए बाहिर भए पनि अधिवेशनमा सहभागी पत्रकारलाई लन्चको व्यवस्था गर्ने वचन दिनु भयो । यो सबैभन्दा सुखद क्षण थियो अधिवेशन तयारीका लागि । स्टारवक्समा बसेर कफी खाँदै गफिउ उहाँसँग । पत्रकारितामा सक्रिय हुँदाका क्षणका अनुभव सुनाउनु भयो सोम जीले । उहाँ प्रति आभारी हुँदै सवैजनाको सल्लाह सुझावलाई लिएर हामी फर्कियौ ।

नेजाको प्रयास २०१८ बाट