अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

दक्षिण अफ्रिकामा वन्दुकधारीको एम्बुस, ११ ट्याक्सी चालक मारिए

बिआरटीनेपाल २०७५ साउन ६ गते ९:३६ मा प्रकाशित

दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा बन्दुकधारीको एम्बुसमा परी ११ जना ट्याक्सीचालक मारिएका छन् । स्थानीय समयअनुसार शनिबार राति जोहानेसवर्गबाट हिँडेका उनीहरुको मिनिबस एम्बुसमा परेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

घटनामा घाइते भएका चारजनाको अवस्था गम्भीर रहेको छ । तटीय क्षेत्र क्वा जुलु नतालमा साथीको अत्येन्टिबाट उनीहरु फर्कंदै थिए । आक्रमणको कारण खुल्न नसकेपनि मिनिबस ट्याक्सी रुटमा विभिन्न समुहवीच प्रतिस्पर्धा रहने गर्दा विगतमा हिंसाका घटना हुने गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू