अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

जापानमा गर्मीका कारण ३० जनाको मृत्यु, दशौं हजार अस्पताल भर्ना

बिआरटीनेपाल २०७५ साउन ५ गते ९:१९ मा प्रकाशित

जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । अत्याधिक गर्मी भएपछि सावधानी अपनाउन आह्वान गरिएको छ । विगत दुई सातायता गर्मीसँग सम्बन्धित समस्याका कारण दशौं हजार मानिस अस्पताल भर्ना भएका छन । मध्य जापानमा तापक्रम ४० डिग्री सेल्सियसमाथि पुगेको छ । जापानमा यो तापक्रम पाँच वर्षयताकै सबैभन्दा बढी हो । 

क्यूटोमा १९ औं शताब्दीयताकै माथि पुगेको ३८ डिग्री सेल्सियसको तापक्रम हप्तैभरि रहेको थियो । जापानमा यो महिनाको सुरुमा आएको बाढी–पहिरोको उद्धारकार्य बढ्दो तापमानले थप कठिन बनेको अधिकारीहरुले जनाएका छन् । बाढी–पहिरोका कारण २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू