अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

राष्ट्रपति ट्रम्पद्धारा रुसको बचाउ, अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप गरेको छैन – पुटिन

बिआरटीनेपाल २०७५ साउन १ गते ९:१४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आरोपको बचाउ गर्नुभएको छ । फिनल्यान्डको हेल्सिङकीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका क्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीको भनाइविपरीत रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने कुनै कारण नभएको वताउनुभएको हो ।

रुसी राष्ट्रपति पुटिनले पनि अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप नगरेको स्पष्ट पार्नुभयो । दुई नेताबीच दुई घन्टासम्म एक्लाएक्लै वार्तासमेत भएको थियो । वार्तापछिको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले हस्तक्षेप गर्ने कुनै कारण नदेखेको उल्लेख गर्नुभयो ।

सो विषयमा रुसी राष्ट्रपति पुटिनले अमेरिकी अनुसन्धानकर्तालाई रुसमा आएर अधिकारीहरुसँग सोधपुछ गर्न प्रस्ताव गर्नुभएको छ । यसको बदलामा अमेरिकामा कुनैपनि आपराधिक गतिविधिका संदिग्धसँग सोधपुछ गर्न यस्तै अधिकार दिइनुपर्ने पनि पुटिनको प्रस्ताव छ ।

एफबीआई र अमेरिकी गुप्तचार एजेन्सीले भने अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पका प्रतिस्पर्धी उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध माहोल बनाउन रुसी संलग्नता रहेको र यसका लागि सामाजिक सञ्जालमा झुटो समाचार फैलाउनेदेखि साइबर आक्रमण गर्न रुसी सरकारको अनुमति लिएर अभियान चलाएको निष्कर्षमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू