अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

सहकारी विपीले भित्र्याएका हुन: पूर्व अध्यक्ष बास्कोटा

ध्रुव भण्डारी, न्यु योर्क २०७५ असार १६ गते १:१६ मा प्रकाशित

यही जुन २९ तारिख शुक्रवारका दिन नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले पूर्व गृह राज्यमन्त्री एवं राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व अध्यक्ष काँग्रेस नेता श्री दीपक प्रकाश बास्कोटा र डलास फोर्डवर्थ च्याप्टर अमेरिकाको महासचिव दिनेश शर्माको स्वागत र सम्मानमा एक भेटघाट तथा छलफल कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

फरक ढाँचाले सञ्चालन गरेको उक्त कार्यक्रमका मुख्य वक्ता काँग्रेस नेता एवं राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटाले सहकारी आन्दोलन विपीले मुलुकमा पहिलो पटक विक्रम संवत् २०१६ सालमा भित्र्याएको स्मरण गर्दै , जसलाई २०४८ सालमा गिरिजा बाबुले पुनर्जीवन दिन आफूलाई जिन्मेवारी सुम्पेको कुरा बताएका थिए । गुट उपगुटले सङ्गठनलाई धुजा बनाएकोले कुनै गुटमा नलागि काँग्रेस भएर वैचारिक दृढताका आधारमा सङ्गठन विस्तार गर्नु पर्ने धारणा राख्दै , काँग्रेस नेता बास्कोटाले अहिले शेरबहादुर देउवाको ठाउँमा जोसकै सभापति भए पनि निर्वाचनको परिणाम यस्तै हुने ठोकुवा गरेका थिए । 

प्रवासमा बस्ने नेपालीहरूको लागि अहिलेको संविधानमा पुग्दो अधिकार भएको कुरा राख्दै पूर्व गृह राज्य मन्त्री बास्कोटाले यसको कार्यान्वयनमा मात्र विशेष ध्यान दिए पुग्ने धारणा व्यक्त गरेका थिए ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्बाङले पूर्व राज्य मन्त्री बास्कोटा र डलास फोर्डवर्थ च्याप्टरका महासचिव शर्मा प्रति स्वागत र सम्मान व्यक्त गर्दै, मिलेर पार्टी र सङ्गठनलाई एक ढिक्का बनाउन सबैलाई आग्रह गरेका थिए ।

अथिति डलास फोर्डवर्थका महासचिव दिनेश शर्माले, प्रवासमा बस्नेहरू सबै जना पहिले काँग्रेस भएर जनसम्पर्कमा आबद्ध हुने गर्छन् तर आफू भने पहिला जनसम्पर्कमा त्यसपछि काँग्रेसमा आबद्ध भएको कुरा बताउँदै , विपीले भारतको डल्लीमा अवस्थित आफ्नो घरमा जनसम्पर्कको स्थापना गरेको कुरा सबैलाई स्मरण गराएका थिए । आफू प्रवासमा हुर्किए पनि निरङकुशताको विरुद्धमा, मुलुकमा भएको आन्दोनहरूमा आफूले माईकिङ गरेर सहभागी भएको कुरा सम्झन्दै महासचिव शर्माले संस्था र संस्थागत कुरा भन्दा ठुलो व्यक्ति विल्कुलै नहुने कुरा बताएका थिए ।

स्थानीय ज्याक्सन हाईट, न्यूयोर्कको ग्याल्सूम्दो सेवा संस्थाको कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा जनसम्पर्क समितिका कृयाशिल सदस्य दुर्गेश कार्की, सुमन हुनागाँई, सुरेन सापकोटा, मिङमार लामा, अनिल लिम्बु, दीपक प्रधान, बिष्णुमान बैजु, अनु खड्का, एनआरएनका बन्दना कोइराला न्यु योर्क च्याप्टरका महासचिव महेश मल्ल, उपाध्यक्ष अमर तामाङ लगायतको उपस्थिति रहेको थियो । परिचयात्मक ढङ्गले सञ्चालन गरिएको सो कार्यक्रमलाई नेपाली जनसम्पर्क समिति न्यूयार्क च्याप्टर अमेरिकाका सभापति रोशन ढुगानाले सञ्चालन र समापन गरेका थिए । 

सम्बन्धित सामग्रीहरू