अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

मुलुकका निमित्त काँग्रेसको आवश्यक:-अर्बपती चौधरी

ध्रुव भण्डारी, न्यु योर्क २०७५ वैशाख १७ गते ८:५५ मा प्रकाशित

यही एप्रिल २७ शुक्रवार २०१८ दिन नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रतिनिधि सभाका सांसद एवं अर्बपती उद्योगपति बिनोध चौधरीले नेपाल र नेपालीका निमित्त नेपाली काँग्रेस पार्टी अत्यावश्यक भएको कुरा बताएका छन् । २०४६ सालको परिवर्तन सँगै मुलुकमा काँग्रेसले अङ्गालेको दर्शन र आर्थिक नीतिका कारण १० बर्से जनयुद्धका बाबजुद देशले विकास गरेको फेहरिस्ता सुनाउँदै, सांसद चौधरीले जननायक स्वा. गिरिजा प्रसाद कोइरालाले उतिवेला गरेको योगदानलाई स्मरण गरेका थिए । लोकतन्त्रमा मात्रै मुलुकको राष्ट्रियता र अर्थतन्त्र बलियो हुने भएकोले नेपाल देशका निमित्त काँग्रेस अपरिहार्य भएको कुरा राख्दै, यहीकारण आफूले काँग्रेसलाई रोजेको प्रमुख अथिति चौधरीले बताएका थिए ।

अन्तर्राष्ट्रिय जगतले लोकतन्त्रको पर्याय काँग्रेस लाई सम्झन्न भएकोले नेपालमा काँग्रेस बलियो भएमा आफै ठुला लगानीहरू मुलुकमा भित्रने सङ्केत गर्दै अर्बपती चौधरीले प्रवासमा आर्जन गरेका ज्ञान सिप र धन नेपाल र नेपालीका निमित्त लगानी गर्न सबैलाई अनुरोध गरेका थिए । भरखरै सम्पन्न निर्वाचनमा पनि नेपाली जनताले काँग्रेसलाई उत्तिकै माया गरेको हुनाले निर्वाचनको परिणाम हेरेर दु:खित नबन्न नेता चौधरीले कार्यकर्तालाई सुझाव दिएका थिए । प्रश्नको उत्तर दिने क्रममा उद्योगपति चौधरीले गैर आवासीय नेपालीलाई दिने भनिएको राजनीतिक अधिकार बिनाको नागरिकताको कुनै अर्थ नहुने कुरा बताउँदै, त्यसका निमित्त आफूले हाउसमा कुरा उठाउँने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । 

जाक्सन हाईट न्यूयोर्कको स्थानीय थकाली किचनमा समापन भएको उक्त अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक खगेन्द्र क्षेत्री , नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, सचिव भोजराज ठोकेर, नेजस अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदी लगायतको उपस्थिति रहेको थियो भने , डा. तारा निरौला, दुर्गेश कार्की, सोमनाथ हुँमागाई, प्रभात सापकोटा र विष्णु बैंजुले गहकिला प्रश्न हरू राखेका थिए । 

केही फरक ढाँचाले संन्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता च्याप्टरका सभापति रोशन ढंगनाले गरेका थिए भने संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए ।